म आगों सही रहेछु छात्ती भीत्र – अनु शाह (कविता )
म आगों सही रहेछु छात्ती भीत्र,
कुनै दीन आफै जल्न सक्छु,
खरानी हुनु अगाडी
एक पल्ट फेरी धपक्क बल्न सक्छु,
सँसारीक मायाँमा नबाँध मलाई
यात्रा बाट थाकेर विश्राम चाहेको छु
त्यसो त नमागेरै पनी मैले
धेरै मायाँ पाएको छु,
दुई दीन त गार्हो होला ?
मेलापात सँगै गर्ने हरूलाई,
शुन्य लाग्न सक्छ
मेरो उपस्थीती बीना
पँधेरामा पानी भर्ने हरू लाई,
जिवन नदी बनी बगी नै रहयो,
बगरको ढुगाँमा ठोक्कीदै पनी
पाईला अगाडी बढ़ी रहयो
निरास धडकन कयौँ पटक
रोक्कीदा पनी
यात्रा सकीयको छ,
अब भेंट नहुन सक्छ,
हाम्रो भेंट हुने चौतारीमा
मायाँ र सँम्झना छोडेर जाँदैछु
मेरा सखी र दौँतरी हरूँमा,
अन्नत यात्रामा,
“अस्तु”