बाघ वर्ग लाई स्वागत गर्दै गुरुङ समुदायले भब्यरुपमा मनाए ल्होसार पर्व (फोटो फिचर )
काठमाडौं पौष १६ । काठमाडौंमा रहेका गुरुङ समुदायले टुँडिखेलमा भेला भएर मनाएका छन् । जातीय पोशाक र भेषभूषासहित भेला भएका उनीहरुले टुँडिखेल वरपरको सडकमा झाँकीसहित र्याली प्रदर्शन गरेका थिए ।
गुरुङ समुदायको प्रमुख पर्व तमु ल्होसार भब्यरुपमा मनाएका छन । बिहीवार काठमाण्डौको टुंडिखेलमा जातीय पोशाक र भेषभूषा सहित भेला भई धुमधामले मनाइएको हो । सडकमा झाँकीसहित र्याली प्रदर्शन गरेका थिए । प्रमुख अतिथी रहेका प्रधानमन्त्री शेर बहादुर देउवाले सो झाँकीको अवलोकन गर्नु भएको थियो । गुरुङ समुदायबाट अनुकरणीय योगदान पुर्याएका बिभिन्न बिधाका ब्यक्तित्वहरुलाई सम्मान पनि गरिएको थियो ।