के अब एमसीसी पारित हुन्छ त ? – रतन चन्द ( भिडियो सहित )
काठमाण्डौ,फागुन ९ । संसदमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल गरिएको छ ।
आईतवार टेबल गरिएको सो परियोजना नेपाल सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले सदन समक्ष पेस गर्नु पर्ने सो पारीयोजना सुचना प्रविधी तथा संचार मन्त्री श्री ज्ञानेन्द्र बहादुर कार्कीले सदनमा पेस गर्नु भयो । सदन भित्र नेकपा एमालेका डा भिम रावल , नेमकिपाका प्रेम सुवाल र दुर्गा पौडेलले एमसीसी सदनमा टेबुल गर्नै नहुने र यो राष्ट्रघाती परीयोजना भएको उदघोस् गर्नु भयो । प्रदर्शनकारी र प्रहरी बिच भएको झडपको भिडियो हेर्नुहोस् । –
त्यस्तै सदन बाहिर नयाँ बानेश्वर क्षेत्र दिन भर तनावग्रस्त रह्यो । प्रहरीले प्रदर्शनकारी माथि पानीका फोहरा,दर्जनौ अश्रु ग्याँस, रबरका गोली बर्षाए । त्यस्तै प्रदर्शनकारीले पनि सडकमा राखिएका बिभिन्न डिभाइडर,सडकपेटीमा बिछ्याइका ढुंगा उठाउँदै प्रहरी माथि आक्रमण गरे । दिनभर अस्तब्यस्त रहेको शान्तीनगर देखी नयाँबानेश्वर बबरमहल र माइतीघर मन्डला सडकमा प्रहरी र प्रदर्शनकारीका कारण सवारीसाधन र सर्वसाधारण मारमा परेको देखिन्थ्यो ।
सडकमा बिभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, विद्यार्थी संगठनका नेता कार्यकर्ताहरुले बिरोध प्रदर्शन गरीरहे पनि सदनमा पेस गरिएको एमसीसी के अब पारित हुन्छ त ? यो भने हेर्न बाँकी छ ।