नेपालका लागि नेपाली पार्टीद्धारा सर्वच्चमा प्रधानमन्त्री बिरुद्ध रिट निवेदन दर्ता ( भिडियो सहित )
काठमाण्डौं,फागुन ९ । प्रधानमन्त्री शेरबहादुर देउवा बिरुद्ध नेपालका लागि नेपाली पार्टीकाले सर्वच्च अदालतमा रिट निवेदन दर्ता गराएको छ । सोमबार डा सुरेन्द्र भण्डारीले सर्वच्च अदालतमा रिट निवेदन दर्ता गराउनु भएको छ । दर्तापछी पत्रकारहरुलाई जानकारी दिदै – “हामीले उत्प्रेषण,परमादेश, प्रतिशेध लगायत जेजो चाहिने उपयुक्त आज्ञा आदेश जारी गरी पाऊँ । भनी रिट दर्ता गराएका छौं । नेपालको संबिधान, २०७२ को धारा ४६ एब १३३ (२) र (३) बमोजिम धारा १, २, ४, ५, १६, १७, १८, २६, ३०, ३२, १२६, १२८, र २७९ एंब नेपाल सन्धि ऐन, २०४७ को दफा २(क), २(ख), ३ र ४ ले संरक्षण गरेका मौलिक हक,संबैधानिक हक एंब कानूनी हकको संरक्षण र प्रचलनकालागि उत्प्रेषण, परमादेश, प्रतिशेध लगायत जे जो चाहिने उपयुक्त आज्ञा आदेश जारी गरी पाउन भनि निवेदन दिएका छौं भन्नु भयो ।
आइतबार सदनमा एमसीसी पारीयोजना प्रस्ताव पेस भएपछी सरकारमा रहेको पाँच दलिय गठबन्धनमा समेत भुंचालो आएको छ । सरकारमा रहेका तथा नरहेका सबै दलका भात्रु संगठनहरु आन्दोलनमा उत्रिएका छन् । यसका साथै अन्य मोर्चा बिभिन्न पार्टीले बिरोध प्रदर्शन गरीरहेका छन् । फागुन १२ गते सदनमा पुन:एमसीसीका बिषयमा बहस हुने र संभवत: मतदान प्रकृया हुने हुँदा सबै देशभक्त नागरिकलाई सडकमा उत्रन डा भण्डारीले आव्हान गर्नु भएको छ । हेर्नुहोस् यो भिडियो । –