दलहरुको रस्साकस्सीमा एमसीसी : के होला त आज सम्झौता बारे बहस !
काठमाण्डौ,फागुन १३ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफलका लागि आज पुन: बैठक बस्दै छ । बिहीवार मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी ) बारे छलफलका लागि बोलाईए पनि बैठक स्थगित भएको थियो ।
एमसीसी सम्झौताबारे छलफल गर्न बैठक आज १ बजे बस्नेछ ।
संसद भित्र राजनीतिमा चलेको रस्साकस्सी र संसद बाहिर सडकमा हजारौं सर्वसाधारणले गरेको प्रदर्शन बिच यसै एमसीसी पास होला जस्तो त देखिदैन तरपनि बिरोध प्रदर्शनको रुप भने भयावह नै देखिएको छ ।
सत्तामै रहेको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसीको विरुद्धमा खुलेरै लागेपछी गठबन्धनको सरकार धरापमा परेको देखिन्छ ।
त्यस्तै जनता समाजवादी पार्टीका उपेन्द्र यादव पक्ष पनि बिपक्षमा उभिएपछी प्रधानमन्त्री देउवा एमालेको बैसाखी लिन तयार भएकाछन् सोही अनुसार प्रधानमन्त्री देउवाले गठबन्धनलाई छोडेर एमालेसँगको छलफल अघि बढाएका छन् ।