प्रकाश सपुतको “पिर” ले तरंगित सामाजिक संजाल र जनयुद्धका घाउहरु – रतन चन्द (भिडियो सहित )

काठमाण्डौं,फागुन २९ । लोकप्रिय गायक प्रकाश सपुतको ‘पिर’ शिर्षकको गीतको म्युजिक भिडियो युट्युबमा शुक्रबार रिलिज भएपछी चौतर्फी बिरोध भएको छ । रिलिज भएको ७२ घन्टा मै ११ लाख बढीले हेरीसकेका छन् र ट्रेण्डिङ्गमा पनि परेको छ ।

माओवादी द्धन्दका बेला बन्दुक बोकेर परिवर्तन र गणतन्रका लागी लडेका लडाकुहरुको कथा समेटिएको उक्त म्युजिक भिडियोमा एक लडाकु महिलाले जीवन धान्नका लागी यौन पेसा अपनाएको चित्रांकन गरिएको छ । भिडियोमा राखिएको दृश्य प्रति असहमति जनाउदै बिरोध भई रहेको छ ।

बिशेषगरी माओवादी पार्टीका बिद्यार्थी नेता कलाकारले उक्त भिडियोको बिरोध गर्दै सपुतलाई हटाउन चेतावनी दिएका छन् । केहि बिरोध र समर्थन बीच सामाजिक संजाल फेसबुक पनि तातेको छ । यसैक्रममा पुर्वप्रधानमन्त्री एवं जसपाका नेता तथा जनयुद्धका तत्कालिन कमाण्डर बाबुराम भट्टराईले सपुतको समर्थनमा आफ्नो अभिब्यक्ती दिएका छन् । उनले भनेकाछन् – “म पनि युद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्दछु । र भन्छु त्यसमा आपत्ति मान्नु पर्ने कुरै छैन । गीतले जनयुद्ध को बिरोध गरेकै छैन । अपूर्ण क्रान्तिका पिडा दर्शाएको छ । त्यसनिम्ती क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउने पो हो कि ? गीतका सर्जकलाई किन धम्क्याउने ?”

यता सामाजिक संजालमा प्रतिकृया आई रहंदा शनिबार नाचघरमा राष्ट्रिय लोकदोहरी प्रतिष्ठान उपत्यका समन्वयन समितिले आयोजना गरेको राष्ट्रिय लोकदोहरी अवार्ड – २०७८ को कार्यक्रममा उनी ब्यस्त देखिन्थ्ये । एकाएक भाईरल भएको उनको युट्युबमा ‘पिर’ शिर्षकको म्युजिक भिडियोमा आएको सकारात्मक टिप्पणी र सामाजिक संजालमा आएको नकारात्मक टिप्पणीले उनलाई कार्यक्रम अवधीभर तनावमा राख्यो । यती मात्र होइन उनले कार्यक्रम संचालनका क्रममा प्रमुख अतिथीका रुपमा आएका सम्माननीय उपराष्ट्रपतिको पद र नाम समेत बिर्सिए ।

उनको यस भिडियोबाट आएको नकारात्मक टिप्पणीलाई कसरी जवाफ दिन्छन् त्यो भने हेर्न बाँकी छ । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv