हाँडीगाउँको गहना पोखरी जात्रा सम्पन्न
काठमाण्डौं,बैशाख ४ । काठमाडौं उपत्यकामा धेरै जात्राहरु मध्य हाँडीगाउँको जात्रा भने विशेष मानिन्छ । आज हाँडीगाउँको जात्रा बिशेष अन्तर्गत गहना खोज्ने जात्रा अर्थात गहनापोखरी जात्रा सकिएको छ । टुँडाल देवीको खटलाई हाँडीगाउँस्थित गहना पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि पोखरीमा देवीको गहना खोज्ने गरिन्छ ।
चैत्रशुक्ल पूर्णिमाका दिन टुँडालदेवीको परम्परागत जात्रा चलाइन्छ । भाटभटेनीको मूर्ति पनि टुँडालदेवी मन्दिरमा ल्याउने चलन छ ।
जात्रामा टुँडालदेवी, भाटभटेनी, नक्साल भगवती, मनमानेश्वरी, धुम्बाराहीसहित धनगणेशलगायतका देवीदेवताहरूको खटजात्रा हुने गर्दछ ।