सचिन रौनियारको “छ भनुँ की छैन भनुँ” मा सरोज आस्मा वियोगान्त

काठमाडौं, बैशाख २४ । बरिष्ट गायक सचिन रौनियारले आफ्नो लोकप्रिय गीत ‘छ भनुँ की छैन भनुँ’को भिडियो दर्शकमाझ ल्याएका छन् । काठमाडौंमा एक समारोहबीच शुक्रबार यो गीतको भिडियो विभिन्न अग्रज कलाकारहरुबाट सार्वजनिक गरियो ।

यो गीतको भिडियोलाई कार्टुन क्रिउले बनाएको हो । कार्टुन क्रिउका सरोज अधिकारी, आश्मा विश्वकर्मा र विभिन्न कलाकारको अभिनय रहेको यो गीतको भिडियोमा बियोगान्त कथा छ । यस अघि कैयौं भिडियोमा नृत्य प्रस्तुत गर्दै आएका आश्मा र सरोज यसपटक नृत्यबाट निकै पर हटेर यस भिडियोमा ससक्त अभिनयमा प्रस्तुत भएका छन् । नृत्य कलाकारको रुपमा आफुहरुरलाई हेरे पनि यो गीतबाट दर्शकले आफुहरुको मूल्याँकन पूर्ण कलाकारको रुपमा गर्ने विश्वास आस्माले कार्यक्रममा व्यक्त गरिन् ।
यस्तै अभिनेता मोडल सरोज अधिकारीले आफुहरु नृत्य जस्तै अभिनयबाट पनि दर्शकको मन जित्न सक्छौं भन्ने कुरालाई पुष्टी गर्न पनि यो गीतमा अभिनय गरेको बताए ।
गीतको भिडियोलाई सरोज र सरिन पोखरेलले निर्देशन गरेका हुन् । सँकल्प भुजेलको छायाँकन र सुरज अधिकारीको सम्पादन रहेको यो गीतको भिडियो पनि त्यत्तिकै आकर्षक बनेको छ । भिडियोलाई द कार्टुन क्रिउको युट्युव च्यानलबाट शुक्रबार रिलिज गरिएको छ । गीत र भिडियोले अहिले निकै राम्रो प्रतिक्रिया पाएको छ ।
सचिनकै स्वरमा २३ वर्ष अघि रेकर्ड भएर श्रोता माझ आएको यो गीतलाई अहिले फेरी उनकै स्वरमा रेकर्ड गरिएको हो । पुन सँगीत सँयोजन गरेर यो गीतलाई रेकर्ड गरिएको यसका संगीतकार न्ह्यु बज्राचार्यले कार्यक्रममा बताए । यो गीतलाई अहिले प्रकाश मिश्रले मिक्सिङ र अजय कार्कीले रेकर्डिङ गरेका हुन् ।
सो गीतबारे बोल्दै बज्रचार्यले भने,‘अहिले गम्भिर भावको गीत के चल्लार जस्तो लागेको थियो । तर यो गीत पुन रेकर्ड गरेर भिडियो बनाएपछि यती राम्रो भयो की सबैले मन पराउनु भएको छ ।’ अग्रज गीतकार भिम विरागले लेखेको यो गीतको सँगीत आफुले १० मिनटमै त्यतिबेला ट्युनिङ गरेको पनि उनले सुनाए ।
तीन दशक भन्दा लामो समयदेखि गायनमा सक्रिय सचिनले यो गीतको बारेमा भने,‘हुन त म सँग डान्सिङ प्याटनको रोमान्टिक नयाँ गीत थियो, तर पनि सरोज र आस्माले यो गीत सुनेपछि यसमै भिडियो बनाउने चाहना व्यक्त गरे ।’ सोही कारण २३ वर्षपछि यो गीतलाई पुन सँगीत सँयोजन र रेकर्डिङ गरेर श्रोतामाझ ल्याएको गायक रौनियारले बताए ।
गीतको भिडियो रिलिज समारोहमा बोल्दै अग्रज गायक सँजय श्रेष्ठले धेरै अघि सुनेको यो गीत अहिले फेरी रेकर्ड भएर आउँदा अझ मिठो बनेको बताए । गायनमा सचिनले दिएको निरन्तता लोभलाग्दो भएको उनले प्रकाश पारे ।
सो समारोहमा बरिष्ट सँगीतकार शुभ बहादुर सुनाम, ड्रमर देव राना, अग्रज गायिकद्धय सुक्मित गुरुङ, देविका बन्दना, नायिकाद्धय शनी रौनियार, रोशनी केसी, गायकहरु जेम्स प्रधान, गणेश थापा, सुनिल उप्रेती, कविन्द्र श्रेष्ठ, शशी गुरुङ, चलचित्र निर्देशक मिलन चाम्स, सुब्रतराज आचार्य, एरेन्जर भुपेन्द्र बज्राचार्यलगायतका विभिन्न अतिथिहरु थिए । गीतकार तथा सञ्चारकर्मी नरेश भट्टराईले गायक सचिन रौनियारको गायन यात्राबारे कार्यक्रममा प्रकाश पारेका थिए ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv