नेपालमा कोरोनाका बिरामीको संख्या बढ्दो पछिल्लो चौबिस घण्टामा ठूलो संख्यामा संक्रमित थपिए

काठमाण्डौं ,असार २५ ।  पछिल्लो चौबिस घण्टामा देशभर कोरोनाको ९८ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १५४ जनाको स्वास्थ परिक्षण गर्दा ९८ जनामा कोरोना संक्रमण भएको पाइएको हो ।

बितेको चौबिस घण्टामा १ हजार ९३ जनाको एन्टीजेन र १ हजार ६१ जनाको पीसीआर विधिबाट कोरोना परिक्षण गरिएको थियो ।

मन्त्रालयले हाल देशमा कोरोना भाइरसका ५ सय ६४ जना सक्रिय संक्रमित रहेको जनाएको छ । पछिल्लो चौबिस घण्टामा २७ जना कोरोना संक्रमित निको भएका छन् ।

भारतले पेट्रोलमा प्रतिबन्ध लगाउने …… संसारभरि महंगी बढिरहेको बेलामा तेलको भाउ पनि आकासिएको छ । यसैबीच भारतका केन्द्रीय परिवहन मन्त्री नितिन गडकरीले बिहीवार ठूलो बयान दिएका छन् ।

पेट्रोल र डिजेलको मूल्य लगातार बढिरहेकाले आगामी पाँच वर्षमा भारतमा पेट्रोलमाथि प्रतिबन्ध लगाइने उनले बताए । डा पंजाबराव देशमुख कृषि विश्वविद्यालयको ३६औं दीक्षान्त समारोहमा बोल्दै गडकरीले बायो इथेनोल उपयोग गरिएका वाहनहरू प्रयोगमा ल्याइने बताए।

यस हरित अक्सिजनलाई इनारको पानीबाट बनाउन सकिने र ७० भारु प्रतिकिलोको हिसाबमा बेच्न सकिने उनको भनाइ छ । इथेनोलका बारेमा निर्णय लिँदा देशमा २० हजार करोड भारुको बचत भएको उनको भनाइ छ ।

निकट भविष्यमा दुईपांग्रे र चारपांग्रे वाहनमा ग्रीन हाइड्रोजन, इथेनोल र सीएनजी लगाइने अनि पेट्रोल र डिजेललाई क्रमशः विस्थापित गरिने गडकरीले बताए ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv