स्याउ किन्न जान्छु भनेर निस्किएकी श्रीमती अहिले सम्म नआएपछी तिल बहादुर मिडियामा ( भिडियो सहित )
काठमाण्डौं,असार २८ । स्याउ किन्न जान्छु भनेर निस्किएकी श्रीमती अहिले सम्म नआएपछी दुई सन्तानलाई बिचल्ली बनाउदै तिल बहादुर बरालले मिडिया गुहारेका छन् । संखुवासभा खाँदबारी निवासी तिल बहादुर बरालको श्रीमतीले रकम र गरगहना सहित एक छोरी र छोरा छाडेर भागेपछी बिचिल्लीमा परेका छन ।
मलेशियाबाट फर्केका बराल जब घर पुगे उनी आएकै दिन श्रीमती स्याउ किन्ने बहानामा घर छाडेर गएको बताए । सुरज नाम गरेको ब्यक्ती सँग भागेको उनको जाहेरीमा उल्लेख गरेकाछन् । कान्छो छोरो काखमा च्याप्दै उनले भने ” मेरो लाखौ लगेर गई । ” सानो दुधे बालकले समेत उक्त व्यक्तिको नाम उल्लेख गर्दै भने “सुरज हो उनको नाम ” भने । प्रहरीमा समेत उजुरी दिदा अहिले सम्म पत्ता नलागेको उनले बताए । हेर्नुहोस् यो भिडियो :-