एभरेष्ट तेक्वान्दो पहिलो साता

काठमाण्डौं,भदौ ७ ।  नेपाल तेक्वान्दो संघको आयोजनामा तेस्रो माउन्ट एभरेस्ट इन्टरनेसनल ओपन तेक्वान्दो च्याम्पियनसिप असोज पहिलो साता हुने भएको छ । नेपाल तेक्वान्दो संघले मंगलबार पत्रकार सम्मेलन गरेर असोज ६ देखि ९ गतेसम्म प्रतियोगिता आयोजना हुने जानकारी गराएको हो ।

प्रतियोगिताअन्तर्गत जुनियर ग्योरोगी असोज सात गते र सिनियर ग्योरोगी ८ र ९ गते हुनेछ । प्रतियोगितामा सिनियर पुरुष, महिला र जुनियर पुरुष, महिला गरी आठ तौलसमूहमा प्रतिस्पर्धा हुनेछ ।

पुरुषमा ५४ केजी, ५८ केजी, ६३ केजी, ६८ केजी, ७४ केजी, ८० केजी, ८७ केजीमुनि र ८७ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । सिनियर महिलामा ४६ केजी, ४९ केजी, ५३ केजी, ५७ केजी, ६२ केजी, ६७ केजी, ७३ केजीमुनि र ७३ केजीमाथिका स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

यस्तै, जुनियर पुरुषमा ४५ केजी, ४८ केजी, ५१ केजी, ५५ केजी, ५९ केजी, ६३ केजी, ६८ केजी र ७३ केजीमुनी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । जुनियर महिलामा ४२ केजी, ४४ केजी, ४६ केजी, ४९ केजी, ५२ केजी, ५५ केजी, ५९ केजी र ६३ केजी तौलसमूहमा प्रतिस्पर्धा हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो ।

नेपाल तेक्वान्दो संघ र गण्डकी प्रदेश तेक्वान्दो संघको आयोजनामा हुने प्रथम माउन्ट एभरेस्ट जिसिएस इन्टरनेसनल ओपन पुम्से तेक्वान्दो च्याम्पियनसिप ६ गते हुनेछ ।

दुवै प्रतियोगिता पोखरास्थित बहुउद्देश्यीय कभर्डहलमा हुनेछन् ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv