सदस्य सचिव घिसिङ ले जब फेवाताल सफा गरे

कास्की,असोज २५ । राष्ट्रिय खेलकुद परिषद(राखेप) का सदस्य सचिव टंक लाल घिसिङ फेवाताल सफाई महाअभियानमा सरिक हुनु भएको छ । मंगलबार बिहान ताल बाराहीचोकमा सरसफाइमा सरिक हुनु भएको हो । पोखरा महानगरपालिकाले मंगलबारदेखी छुट्टै संयन्त्र बनाएर निरन्तर ताल सफाई अभियानलाई अघी बढाएको छ् ।

राखेप सदस्य सचिव घिसिङ्ले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पुर्वसन्ध्यामा ताल सरसफाइ अभियानमा जुट्न पाउनु गर्वको बिषय रहेको बताउनुहुँदै सम्पदाहरुको संरक्षणको लागि सबैको सहभागिता अपरिहार्य रहनुपर्नेमा जोड दिनुभयो ।

ताल सफाइ कार्यक्रममा ३३ वटै वडाका वडाध्यक्षहरु, राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्यहरु,नवौँ राष्ट्रिय खेलकुदका सचिवालय सदस्यहरु, नागरिक समाज, आमा समुह, टोल विकास संस्था, युवा क्लब लगायत संस्था र व्यक्तिहरुको बाक्लो उपस्थिती रहेको थियो । फेवाको जलकुम्भी झार निकाल्न महानगरले छुट्टै मेसिन किनेको थियो । तर, मेसिनले प्रभावकारी काम गर्न सकेको छैन । राष्ट्रिय आविष्कार केन्द्रले यस्तै मेसिन बनाउन पहल थालेको छ । इन्जिनियरिङ अध्ययन संस्थानका इन्जिनियरहरुलाई मेसिन बनाउने जिम्मा दिइसकिएको मेयर धनराज आचार्यले बताउनुभयो ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv