ब्याडमिन्टन टिम ईभेन्टस्मा दुवै स्वर्ण सेनालाई

ब्याडमिन्टन टिम ईभेन्टस्मा दुवै स्वर्ण सेनालाई
असोज ३० । नवौं राष्ट्रिय खेलकुद अन्तगत पोखरा ब्याडमिन्टन कभर्डहलमा भएको प्रतिस्पर्धाको पुरुष तथा महिला दुवै तर्फको स्वर्ण पदक नेपाली सेनाले प्राप्त गरेको छ । दुवै टिमले एपिएफलाइ पछि पार्दै स्वर्ण जितेका हुन् ।
पुरुष तर्फ वेष्ट अफ फाइभको खेलमा सेनाले एपिएफलाई ३–० ले तथा महिला तर्फ वेष्ट अफ फाईभको प्रतिस्पर्धामा २–० ले पराजित गरेका हुन् । पुरुष तर्फ नेपाल पुलिस र एनआरएनए संयुक्त तेश्रो भए भने महिला तर्फ सुदूरपश्चिम प्रदेश र प्रदेश १ संयुक्त तेश्रो भए ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत सेपाकताक्रोको पुरुष र महिला डबल्समा आर्मीले स्वर्ण पदक जितेको छ ।
नवलपरासीको कावासोतीमा सञ्चालन भइरहेको प्रतियोगितामा पुरुषतर्फको डबल्समा सेनाले प्रदेश नम्वर १ लाई २९० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको हो ।
अनिल जर्घा मगर, रोशन तामाङ र दिपेश जंग थापाले सेनालाई स्वर्ण दिलाएका हुन् । सो स्पर्धामा रजत पदक प्रदेश नं १ र कास्य पदक बागमती प्रदेशले जिते ।
यसैगरी महिला डबल्स तर्फ आर्मीले बागमती प्रदेशलाई २–० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको छ ।
सेनाका लागि चन्दा चौधरी, सुमिना डंगोल र सोममाया थापाले स्वर्ण दिलाएका हुन् । गण्डकी प्रदेशले कास्य पदक प्राप्त गरे ।
सेपाकताक्रोमा प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र नेपाली सेनाका ९८ खेलाडीले भाग लिइरहेका छ्न् ।

शारीरिक सुगठनमा गण्डकी र सेनालाई दुइ दुइ स्वर्ण
नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखराको सभाहलमा भएको आइतबार भएको शारीरिक सुगठन प्रतिस्पर्धामा गण्डकी प्रदेश र नेपाली सेनाले समान दुइ स्वर्ण जितेका छन् । पहिलो दिन ५ स्वर्ण पदककालागि भएको प्रतियोगितामा १ स्वर्ण नेपाल पुलिस क्लबले हात पारेको छ ।
५५ केजी तौल तर्फको प्रतिस्पर्धामा गण्डकी प्रदेशका विवेक हमालले स्वर्ण जिते । बागमती प्रदेशका दिनेश गोसाइले रजत र सेनाका रमेश फोम्बोले कास्य पदक पाए ।
६० केजी तौलमा नेपाल प्रहरीका डेभिड बलामीले स्वर्ण जिते । एपिएफका किशन दिवाकरले रजत जित्दा लुम्बिनी प्रदेशका सुनिल आलेले कास्य पाए ।
६५ केजी तौल समूहमा गण्डकीका अश्मिन गुरुङ्गले आफ्नो टिमका लागि दोश्रो स्वर्ण जिते । लुम्बिनीका नवराज डुम्रेले रजत प्राप्त गरे । यस्तै सुदूरपश्चिमका सुनिल चन्दले कास्य पदक हात पारे ।
७० केजी तौलमा सेनाका प्रज्वलमान शाक्यले स्वर्ण हात पार्दा मधेस प्रदेशका किरण यादव र लुम्बिनीका विजेन्द्रमान श्रेष्ठले क्रमश ः रजत र कास्य जिते ।
७५ केजी तौलमा नरेश मालाकार प्रथम हुँदै स्वर्ण हात पार्न सफल भए । मधेस प्रदेशका सनी आज्माले रजत र बागमतीका योगेश राज शाहीले कास्य पदक प्राप्त गर्न सफल भए ।

पुरुष भलिबलमा आर्मी, एपीएफ र लुम्बिनी विजयी
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलमा आइतबारको खेलमा त्रिभुवन आर्मी, एपीएफ र लुम्बिनी प्रदेश विजयी भएका छन् ।
समूह ‘बी’ मा रहेको आर्मीले आइतबार मधेश प्रदेशलाई ३–० को सेटमा पराजित गरेको छ । आर्मीले २५–११, २५–१२ र २५–१६ को सेटमा सहज जित निकालेको हो । विभागीय टिमको अघि मधेश प्रदेशको खेल निकै फितलो थियो । उक्त जितस“गै आर्मीले कुल ६ अंक पु¥याएर समूहको शीर्ष स्थानमा रह“दै क्वाटरफाइनल तय गरेको छ । आर्मीको क्वाटरफाइनल भेट समूह ‘डी’ को उपविजेता वाग्मती प्रदेशस“ग हुने छ ।
शनिबारको अर्को खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई कुनै मौका दिएन । एपीएफले २५–१३, २५–१८ र २५–१० को जितस“गै प्रतियोगिताको बलियो प्रतिस्पर्धीका रुपमा आफूलाई उभ्याएको छ । दुई खेलको जितले ६ अंक जोडेर समूह ‘सी’ को विजेता बनेको एपीएफले क्वाटरफाइनल सुनिश्चित गरेको छ ।
शनिबार नै समूह ‘ए’ मा रहेको लुम्बिनीले कर्णाली प्रदेशलाई हराएर ३ अंक जोड्दै क्वाटरफाइनल प्रवेश गरेको छ । समूह उपविजेता हु“दै लुम्बिनीले एपीएफस“गको भेट पक्का गरेको हो । लुम्बिनीले कर्णालीलाई २५–१५, २५–२१ र २५–२० ले पराजित ग¥यो । उक्त खेलस“गै कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ । समूह ‘ए’ मा रहेको पुलिस यसअघि नै ६ अंकसहित शीर्षस्थानमा रहेर क्वाटरफाइनल प्रवेश गरिसकेको छ ।
सोमबार प्रदेश १ र मधेश प्रदेश, एनआरएनए र सुदूरपश्चिमबीच खेल हुने छ । पहिलो खेलको विजेतास“ग गण्डकी प्रदेश र दोस्रो खेलको विजेतास“ग पुलिसले क्वाटरफाइनल खेल्ने छ । क्वाटरफाइनलका चार खेल मंगलबार हुने छन् ।

भारोत्तोलनमा पुलिसलाई पहिलो स्वर्ण, तुलारामद्वारा राष्ट्रिय कीर्तिमान
नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनमा पहिलो स्वर्ण जितेको छ ।
पोखरा उद्योग वाणिज्य संघमा आइतबारदेखि सुरु प्रतियोगिताको महिला ४५ केजी तौल समूहमा पुलिसकी हिरामोती थारुले पुलिसलाई पहिलो स्वर्ण दिलाएकी हुन् ।
उनले स्न्याचतर्फ ५० र क्लीन एण्ड जर्कमा ६५ गरी कुल ११५ केजी भार उठाउँदै स्वर्ण जितेकी हुन् ।
त्यस्तै, एपिएफकी लीला राईले रजत र मधेश प्रदेशकी अम्बिकाकुमारी यादवले कास्य जितिन् ।
एपिएफकी लीलाले स्न्याचतर्फ ४० र क्लीन एण्ड जर्कमा ५३ गरी कुल ९३ केजी र अम्बिकाले स्न्याचतर्फ ३५ र क्लीन एण्ड जर्कमा ४० गरी कुल ७५ केजी भार बहन गरेकी थिइन । सो तौल समूहमा ७ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी १०÷१० इभेन्टमा खेल हुनेछ । जसमा महिला ७६ र पुरुष ९६ गरी कुल १ सय ७२ जना खेलाडीले भाग लिएको नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा २० स्वर्ण, २० रजत र २० कास्य पदकका लागि खेल हुने छन् ।
त्यसअघि प्रतियोगिता उद्घाटन गर्दै राखेप सदस्य सचिव टंकमान घिसिङले भारोत्तोलन अन्तर्राष्ट्रिय पदक दिलाउने खेल भएकोले खेलाडीलाई सोही अनुरुप मेहनत गर्न आग्रह गरे । उनले यहाँ उत्कृष्ट नतिजा दिने खेलाडी सन् २०२३ मा चीनमा हुने १९ औं एशियाली खेलकुदको लागि राष्ट्रिय टिममा अनुबन्ध हुने बताए ।

तुलाराम महतोद्वारा राष्ट्रिय कीर्तिमान
नेपाली सेनाका तुलाराम महतोद्वारा नवौं राष्ट्रिय खेलकुद अन्तरगत भएको भारोत्तोलन प्रतियोगितामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएका छन् । प्रशिक्षक संजय महर्जनका अनुसार महतोले ५५ केजीको क्लिन एण्ड जर्कमा १०२ केजी र कुलमा १८९ केजी गरि दुइ कीर्तिमान बनाउन सफल भएका हुन् । उनले स्न्याचमा भने ८७ केजी भार बहन गरे ।

पौडीमा दोश्रो दिन पनि नासिर र डुवानाद्वारा राष्ट्रिय कीर्तिमान
नेपाली सेनाका नासिर याह्या हुसेन र डुवानाद्वारा दोश्रो दिन पनि राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । पहिलो दिन पनि एक एक राष्ट्रिय कीर्तिमान कायम गरेका दुवैले दोश्रो दिन नासिरले २०० मिटर फ्रिस्टायल र २०० मिटर ब्यक्तिगत मिड्लेमा गरि दुई र दुवानाले ५० मिटर ब्रेष्ट स्ट्रोकमा राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् । नासिरले २०० मिटर फ्रिमा आफ्नै नाममा रहेको १ मिनट ५८ः३० सेकेन्डको समयमा सुधार गर्दै १ मिनट ५५ः३९ सेकेन्डको र ब्यक्तिगत मिड्लेमा २ मिनट ११ः८५ सेकेन्डको समयमा सुधार गर्दै २ मिनट ११ः२३ सेकेन्ड समयका साथ दुई राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् । यस अघि नासिरले दुवै कीर्तिमान दोहामा आयोजना भएको १५ औं विश्व फिना च्याम्पियनसिपमा कायम गरेका थिए । २०० मिटर फ्रिस्टायलमा सेनाका अलेक्जेण्डर शाहले रजत र बागमतीका इरभिन श्रेष्ठले कास्य पाए । यस्तै ब्यक्तिगत मिड्ले तर्फ एनआरएनका आशिष सापकोटा र बागमतीका सेरेन सिंहले क्रमशः रजत र कास्य पाए ।
फिसटेल एकेडेमीमा भएको प्रतियोगितामा दुवानाले ५० मिटर ब्रेष्टस्ट्रोकमा १३ औं सागमा राखेको ३५ः४६ सेकेन्डको समयमा सुधार गर्दै ३५ः२३ सेकेन्ड समयको नयाँ कीर्तिमान कायम गरेका हुन् । एपिएफकी रोयल प्रजापतीले रजत र सेनाकी उपास्ती महर्जनले कास्य पाईन् ।
महिलाको ८०० मिटर फ्रिस्टायल तर्फ भएको प्रतिस्पर्धामा एनआरएनका एश्ले सापकोटा डङ्गोलले १० मिनट ३०ः६४ सेकेन्ड समयका साथ स्वर्ण जितिन् । पुलिसका आर्या महर्जन र समिरा शोभा थापा मगरले रजत र कास्य पाए ।
५० मिटर ब्रेष्टस्ट्रोको पुरुष तर्फ प्रदेश १ को विकास कुमालले स्वर्ण जिते । उनले उक्त दूरी ३१ः२० सेकेन्ड समयमा पुरा गरेका हुन् । बागमतीका सेरेन सिंहले रजत र पुलिसका दिपंकर अवालले कास्य पाए ।
महिलाको २०० मिटर फ्रिस्टायलमा डुवानाले २ मिनट १४ः६४ सेकेन्डका साथ स्वर्ण जित्दा पुलिसका आर्या महर्जन र समिरा शोभा थापाले रजत र कास्य पाए ।
महिला १०० मिटर ब्याकस्ट्रोकमा ओलम्पियन सेनाकी गौरिका सिंहले स्वर्ण जितिन् । उनले उक्त दूरी १ मिनट ५ः५० सेकेन्ड समयका साथ स्वर्ण जितेकी हुन् । एनआरएनकी एश्ले सापकोटा डङ्गोलले रजत र सेनाकी अनुशिया तण्डुकारले रजत जिते । पुरुष तर्फ एपिएफका तेन्जिन नामदोल रायन गुरुङ्गले स्वार्ण जिते । गुरुङ्गले १ मिनट २ः८४ सेकेन्ड समयका साथ स्वर्ण जितेका हुन् । प्रदेश १ का प्रारम्भ भण्डारी र एपिएफका जाडेन श्रेष्ठले रजत र कास्य पाए ।
४०० मिटर फ्रिस्टायल रिलेमा गौरिका सिंह, डुवाना लामा, उपास्ती महर्जन र अनुशिया तण्डुकार समाविष्ट सेनाले ४ मिनट १९ः४५ सेकेन्ड समयका साथ स्वर्ण जित्यो ।
पुरुष तर्फ ८०० मिटर फ्रिस्टायल रिलेमा युभान लाल श्रेष्ठ, सनिल कुमार थापा मगर, शंकरसना बहादुर रघुबंशी र सुविज्ञ मान तुलाधर सम्मिलित पुलिसले ८ मिनट २७ः८९ सेकेन्ड समयका साथ स्वर्ण प्राप्त ग¥यो । बागमती प्रदेशले रजत र सेनाले कास्य पायो ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv