भ्याली पब्लिक र स्किब्सको जित
काठमाडौं, मंसिर १३ गते । आयोजक भ्याली पब्लिक ‘ए’ र स्किब्सले १५ औं माछापुच्छ«े–भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार जित हात पारेका छन् ।
भ्याली पब्लिक ‘ए’ ले जुगल एकेडेमीलाई ५३–२२ ले पराजित ग¥यो । भ्याली पब्लिक ‘ए’ का अनमोल गुरुङ र मन्जिल गुरुङले समान ११–११ स्कोर गरे । स्किब्सले रेडिअन्टलाई ३६–२६ ले हरायो । स्किब्सका अशोक वाइबाले ११ अंक जोडे ।
सिनियर ब्वाइजमै काठमाडौं भ्यालीले भ्याली पब्लिक ‘बी’ लाई २३–१७ तथा एलआरआईले मनासलुलाई ४०–३५ ले पाखा लगाए । काठमाडौं भ्यालीका राज सन्जेलले ७ अंक बटुले ।
जुनियर ब्वाइजमा इडेन ब्रिज एकेडेमी (इबीए) ले ह्वाइटफिल्डलाई २४–१४, हिमरश्मीले संस्कृतिलाई २२–१७ तथा ग्रिनफिल्डले ग्रिनल्यान्डलाई २९–२४ ले पन्छाए । हिमरश्मीका आयुश पोखरेलले १३ तथा ग्रिनफिल्डका अर्जुन बस्नेतले १६ स्कोर गरे ।
सिनियर गल्र्समा विस्डम विरुद्धको खेलमा निस्ट १३–७ ले विजयी भयो । निस्टकी समिक्षा मोक्तानले ६ अंक जोडिन् ।
त्यस्तै रेडिअन्ट पब्लिक र एनसीसीएसले दोश्रो ओएसिस कप उपत्यकाव्यापी थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । रेडिअन्ट सिनियर ब्वाइज तथा एनसीसीएस सिनियर गल्र्समा च्याम्पियन बने ।
ढोलाहिटीस्थित आयोजक ओएसिस इङलिस स्कुलको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा रेडिअन्टले एरिस एकेडेमीलाई १२–७ ले पराजित ग¥यो । रेडिअन्टको जितमा सुवास गौतमले सर्वाधिक ७ अंक योगदान गरे । सागर लामिछानेले ३ तथा रोहित चौधरीले २ स्कोर गरे ।
सिनियर गल्र्सको उपाधि भिडन्तमा श्रेया गुरुङको ७ अंक सहयोगमा एनसीसीएसले राराहिललाई १०–५ ले हरायो ।
फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय सुवास र श्रेया ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा आशिष थापा मगर र सिनियर गल्र्समा आयुशा महर्जन सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । प्रतियोगिता अवधिभर आशिषले ५१ तथा आयुशाले ३२ अंक जोडे । सिनियर ब्वाइजमा नेक्सस इन्टरनेसनल एकेडेमी तथा सिनियर गल्र्समा रातो बंगला अनुशासित टिम ठहरिए ।
विजेतालाई ओएसिसकी संस्थापक निर्देशक जानुका लिम्बू, राष्ट्रिय बास्केटबल खेलाडी रविन खत्री, बास्केटबल प्रशिक्षक नृपेश श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगिताको सिनियर ब्वाइजमा १६ तथा सिनियर गल्र्समा ७ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।