विश्वका महान् फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन
एजेन्सी,पुष १५ । विश्वका अहिले सम्मै सबैभन्दा महान् फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा ब्राजिलमा निधन भएको छ।
उनको निधनको घोषणा उनकी एक छोरीले गरेकी हुन् जो उनीसँगै साउपाउलोस्थित अस्पतालमा थिइन्।
१७ वर्षको उमेरमा अन्तर्राष्ट्रिय खेलाडीका रूपमा सुरु भएको उनको खेल जीवनमा उनले सन् १९५८ देखि १९७० को बीचका विश्वकप प्रतियोगितामा भाग लिए।
तीमध्ये तीन वटा ब्राजिल आफैँले जितेको थियो। जम्मामा उनले एक हजारभन्दा बढी गोल गरेका छन् जसमा धेरैजसो उनले घरेलु क्लब सान्तोसका लागि गरेका हुन्।समाचार बीबीसीले छापेको छ ।