बक्सिंग संघको पूर्ण कार्यसमितिको बैठक सम्पन्न ६ महिनाभित्रै निर्वाचनमा जाने तयारी
काठमाण्डौं,पुष १६ । नेपाल बक्सिङ्ग संघका अध्यक्ष राम अवालेको सभापतित्वमा, संघको पुर्ण कार्यसमितिको बैठक सम्पन्न भएको छ । उक्त बैठक सञ्चालनपुर्व बक्सिङ्गको दीगो विकासमा अग्रजहरुको सल्लाह सुझाव पनि लिइएको थियो । नेपाल बक्सिङ्ग संघका संस्थापक अध्यक्ष श्री विष्णु गोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा नेपाल बक्सिंग संघका पुर्व अध्यक्ष उमेश मास्के, निवर्तमान अध्यक्ष राजीव श्रेष्ठ लगायत संघका कार्यसमितिका पदाधिकारीहरुको उपस्थित रहेको थियो ।
उक्त सल्लाह सुझाव तथा पुर्ण कार्य समितिको बैठकमा नेपाल बक्सिङ्ग संघका अध्यक्ष राम अवाले, वरिष्ठ उपाध्यक्ष अर्जुन बहादुर केसी, उपाध्यक्ष नरेन्द्र पोमो, उपाध्यक्षद्वय भोजराज सिटौला, किरण बहादुर श्रेष्ठ, महासचिव सविन भट्टाचार्य, कोषाध्यक्ष गौतम सुजखु, सदस्यहरु, मान बहादुर भण्डारी, ओम नारायण श्रेष्ठ, पुष्कर राज पन्त, श्याम काजी अवाले, शोभार जंग केसी, मान बहादुर लक्ष्मण कार्की, रमेश अधिकारी, पुर्व प्रमुख प्रशिक्षकद्वय प्रकाश थापामगर, ओम मास्के, टेक्निकल संयोजक दीपक महर्जन, दक्षिण एशियाली खेलकुदका स्वर्ण पदक विजेता रामचन्द्र थापामगर, लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष तथा संस्थापक अध्यक्षहरुले बक्सिंगको दीगो विकासका लागि बक्सिंग विकासका लागि एकताबद्ध भएर अगाडि बढनुपर्ने सुझावहरु प्रस्तुत गरेका थिए ।