एथलेटिक्सको रेफ्री तथा प्रशिक्षक प्रशिक्षण सुरु

काठमाण्डौं,पुष २३ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा एथलेटिक्स खेलको रेफ्री तथा प्रशिक्षक प्रशिक्षण तालिम शनिबारदेखि काठमाडौंमा सुरु भएको छ ।

तालिमको बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाले एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङलाई प्राविधिक पुस्तक हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे ।

तालिममा बागमती प्रदेशका १३ जिल्लाका ५५ जना सहभागी छन् । साताव्यापी तालिममा मुख्य प्रशिक्षक गुरुङ, कान्ति महतो, राजेश वज्राचार्य, राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव युवराज लामा, दिवाकरलाल अमात्य, डा. ज्ञानेन्द्र शाहलगायतले विविध पक्ष बारे प्रशिक्षण दिने छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले बागमती प्रदेशले आफ्नै दक्ष जनशक्ति उत्पादन गर्न तालिम महत्वपूर्ण हुने बताउदै अन्य खेलको पनि क्रमैसंग तालिम सञ्चालन गर्नु पर्नेमा जोड दिए ।

परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीले तालिममा सहभागी मध्ये उत्कृष्टलाई स्वयंसेवक प्रशिक्षकका रुपमा नियुक्ति दिने बताउदै आगामी राष्ट्रपति रनिङ सिल्ड र दोश्रो बागमती प्रदेश खेलकुदका लागि पनि जनशक्ति तयार हुने बताए ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv