इटहरीमा हुने महिला राष्ट्रीय क्रिकेट प्रतियोगिताको तयारी तिव्र

इटहरी,पुस २८ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजना र सुनसरी जिल्ला क्रिकेट संघको सह आयोजनामा पुष २९ गतेदेखी इटहरीमा हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको तयारी तिव्र पारीएको छ ।

इटहरीमा पहिलो पटक क्यानको आयोजनामा हुन लागेको प्रतियोगिताको तयारी तिव्र पारीएको प्रतियोगिता संयोजक बिप्लभ घोषले बताए । पुष २९ देखि माघ ४ गतेसम्म इटहरी स्थित जनता क्रिकेट पार्कको मैदानमा हुने प्रतियोगिताका लागी मुल समिती गठन गरेर तयारी भईरहेको घोषले बताए। उनले प्रतियोगिता नजिकै गर्दा तयारीलाई तिव्र पारीएको बताए ।

यसका साथै आयोजले सुनसरी र क्रिकेटको महत्वलाई झल्कने गरि निमार्ण गरिएको प्रतियोगिताको लोगो पनि सार्वजनिक गरेको छ ।

नेपालमा महिला क्रिकेट प्रतियोगिताहरु कम भइरहेको अवस्थामा यो प्रतियोगिताले नयाँ तथा पुराना खेलाडीलाई क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने संयोजक बिप्लभ घोषले बताए ।

उनले भने, ‘खेलाडीको स्तर बढाउनको लागि प्रदेश १ मा बिशेष गरि सुनसरीमा पनि महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता जरुरी थियो । सुनसरी जिल्ला क्रिकेट संघका पदाधिकारीहरुको मेहनत र क्यानको सहयोगमा हामीले यो प्रतियोगिता आयोजना गर्ने अवसर पाएका छौं । हामी खुसी छौं । प्रतियोगिताका कारण प्रदेश १ र सुनसरीबाट फेरी नयाँ प्रतिभाशाली खेलाडी उत्पादन हुने विश्वास छ ।’

प्रतियोगितामा साविक विजेता विभागिय टोली एपीएफ क्लब सहित ७ प्रदेशको टोलीले सहभागिता जनाउने सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सिपी पौडेलले बताए ।  उनले प्रतियोगिताको तयारीको क्रममा अहिले मैदान र पिच निर्माणको काम अन्तिम चरणमा पुगेको र सबै ८ वटा टिमको सहभागिता बारे टुङगो लागिसकेको बताए ।

प्रतियोगिताको विजेताले ५ लाख तथा उपविजेता ३ लाख रुपैया प्राप्त गर्नेछन् । त्यस्तै सर्वोत्कृष्ट खेलाडीले ३० हजार, उत्कृष्ट ब्याटर र बलरले समान २० हजार र प्रत्येक खेलका प्लेयर अफ द म्याचले तीन हजार प्राप्त गर्नेछन् । प्रतियोगिता आयोजनाका लागि करिब ८८ लाख ७८ हजार खर्चहुने अनुमान गरिएको छ । सहभागि ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहमा शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv