एथलेटिक्स टोली ढाका जाने

काठमाडौं, माघ ३ गते । बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी हुन १० खेलाडीसहित ११ सदस्यीय नेपाली टोली बुधबार बंगलादेशको ढाका प्रस्थान गर्दै छ ।
जनवरी २० तारिखमा हुने प्रतियोगिताको फुल म्याराथनतर्फ पुरुषमा किरणसिंह बोगटी, सन्तोषविक्रम विष्ट र करणबहादुर खड्का तथा महिलामा विन्द्राधन्के श्रेष्ठ र पुष्पा भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । हाफ म्याराथनको पुरुषमा गोपीचन्द्र पार्की र सन्तोषनाथ योगी तथा महिलामा सन्तोषी श्रेष्ठ, राजपुरा पछाईं र रेखा विष्टले खेल्ने छन् । प्रशिक्षक तथा अफिसियलमा विमला राना मगर छिन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

कराते टोली फ्रान्स प्रस्थान
पेरिस ओपन करातेमा सहभागी हुन १ खेलाडीसहित २ सदस्यीय नेपाली टोली मंगलबार फ्रान्सको पेरिस प्रस्थान गरेका छन् ।
जनवरी २० देखि २२ तारिखसम्म हुने प्रतियोगितामा अमिर राणाले ८४ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । अमिर दुबई र थाइल्यान्डमा भएको प्रतियोगिताका स्वर्ण विजेता हुन् ।

प्रशिक्षकमा १० औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता कुशल श्रेष्ठ छन् । सन् २०१२ मा भएको पेरिस ओपन करातेमा कुशल खेलाडीका रुपमा सहभागी भएका थिए ।

नेपाललाई ४ स्वर्णसहित १३ पदक
नेपालले चौथो अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा ४ स्वर्ण, ७ रजत र २ कांस्य गरी १३ पदक जितेको छ ।
बंगलादेशको जेसोरमा जनवरी १३ र १४ तारिखमा भएको प्रतियोगितामा सहभागी भइ मंगलबार स्वदेश फर्केको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबारै भेटी सफलताका लागि बधाइ दिए ।

गणेश पाइजा, विनुमाया तामाङ, देवकुमार तामाङ र प्रेमप्रसाद नेपालले स्वर्ण जिते । विनुले थप १ रजत पनि जितिन् । राजकुमार पाइजा, लक्ष्मण पुन, विजल पाइजा, मन्दिप खड्का, श्रीकिशुन साह र समित महर्जनले रजत जिते । अमृत तामाङ र शम्भु नेपालीले कांस्य हात पारे ।
प्रशिक्षकमा साइला गमाल, व्यवस्थापकमा रामकुमार थारु तथा अफिसियलमा सिताराम लामा, तेजेन्द्र पाइजा, पहलमान महर्जन र पुष्पाराज गिरी रहेका छन् ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv