प्रधानमन्त्री महिला क्रिकेट : फाइनलमा प्रदेश एक र सुदूरपश्चिम भिड्ने

इटहरी,माघ ६ ।  इटहरीमा जारी प्रधानमन्त्री कप महिला टि–२० क्रिकेटमा प्रदेश १ र सुदूरपश्चिम प्रदेशले फाइनल प्रवेश गरेका छन् । शुक्रबार भएको पहिलो खेलमा मधेस प्रदेश लाई पराजित गर्दै सुदुरपश्चिम फाइनलको यात्रा सुनिश्चित गरेको हो ।

इटहरीको जनता क्रिकेट पार्क क्रिकेट मैदानमा सुदुरपश्चिमले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको मधेशले २० ओभरमा ८ विकेट गुमाएर ६६ रन मात्र बनाउन सक्यो । शुक्रबारनै भएको दोस्रो खेलमा विभागीय टोलि ससस्त्र प्रहरीलाई पराजित गर्दै प्रदेश एक फाइनलमा प्रवेश गरेको हो । ससस्त्रले दिएको ४६ रनको लक्षलाई प्रदेश एकले २ विकेट गुमाउँदै ८ ओभरमा पुरा गरेको थियो ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले जनही २० हजार पाउनेछन् ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv