पहिलो पटक भारतिय प्रधानमन्त्रीलाई रास्वपाका अध्यक्ष लामिछनेको सन्देश ( भिडियो सहित )
काठमाण्डौं,माघ २२ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछनेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लाई सन्देश पठाएका छन । पार्टी कार्यालयमा बिशेष पत्रकार सम्मेलनको आयोजना गरी उक्त सन्देश पठाएका हुन । उनले भने “मोदी जी तपाईंले यहाँ विश्वास गरेका र पठाइएका जो सुकै हुन तिनीहरु प्रती विश्वास गर्न छोडिदिनुहोस् ।
यदी यही कुरा सम्झेर तपाईं नेपाल भारतको सम्बन्ध बलियो छ भन्ने सोच्नु भएको छ भने । त्यो सोचाइ गलत हो र नेपाल भारतको सम्बन्ध अझ प्रगाढ बनाउन चाहनु हुन्छ भने सिधा कुरा गर्नु होला कुनै एजेन्ट,पत्रकार वा कसैलाई विश्वास गर्न ब्यर्थ छ । ”
छोटो समयमा नै देशको उपप्रधान तथा गृहमन्त्रालय सम्भालेका रबि लामिछनेको नागरिकता बिबादमा तानिएपछी उनको मन्त्री र सांसद पद दुबै गुमेको छ । आजै पार्टीका तर्फबाट मन्त्री बनेका सबै मन्त्रीले प्रधानमन्त्री समक्ष रजिनामा बुझाएका छन ।
मन्त्रिपरिषदमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले राजीनामा दिएका हुन्।