चर्चित लोक शब्द संकलक शिव हमाल को “खोलीको दोभानो” को भिडियो युट्युबमा सार्वजनिक ( भिडियो )
काठमाण्डौं,माघ २४ । चर्चित लोक शब्द तथा लय संकलक शिव हमाल को “खोलीको दोभानो” को भिडियो युट्युबमा सार्वजनिक भएको छ । लोक सर्जक शिव हमालको शब्द लय रहेको गीतमा गायक बिक्रम परियार र गायिका सुनिता अधिकारी स्वर रहेको छ । त्यस्तै मौषम हिमालीको कथा निर्देशन,छायान्कन पवन सुस्लिङ र सम्पादन नबिन घर्ती मगरको रहेको छ ।
फरक क्षमता भएका एक युवक जो घरमा काम गर्न बसेकै घरमालिकको छोरी सँगको प्रेम प्रसंगलाई समेटेर भिडियोमा चित्रण गरिएको छ । प्रेम, बिवाह र बिछोडका साथै निसन्तान युवकको त्रिकोणात्मक कथा समेटिएको उक्त भिडियोमा कलाकारको अभिनय उत्कृष्ट देखिन्छ ।
लोक भाका र शब्द चयनमा हमाल यस गीतमा पनि अब्बल देखिएका छन । यस्तै मौषम हिमालीको कथा र निर्देशन पनि मध्यम देखिन्छ छायाँन्कन पक्ष पनि गतिलो छ । हेर्नुहोस् भिडियो :-