एमालेले पुर्व राजा ज्ञानेन्द्रलाई काँधमा बोक्न लागेको हो ? काँग्रेस नेताले उठाए प्रश्न ( भिडियो सहित )
काठमाण्डौं,फागुन ३ । नेपाली काँग्रेसका नेता तथा केन्द्रिय सदस्य अब्दुल सत्तारले दुर्गा प्रसाई को अभियानमा पुर्व राजा ज्ञानेन्द्र शाह सहित सपरिवार सार्वजनिक कार्यक्रममा उपस्थिती भएकोमा संका उत्पन्न भएको बताउनु भएको छ ।
गणतन्त्र स्थापना भई यसको कार्यान्वयनमा देश अगाडि बढी रहेको बेला पुर्व राजालाई सकृय बनाउनु त्यसमा पनि एमालेको केन्द्रिय सदस्य रहेका दुर्गा प्रसाई को अभियानमा आउनुले एमालेले अब राजालाई काँधमा बोक्ने तयारी गरेको को उदघोस् गर्नु भयो । त्यसैले गणतन्त्रवादी एक हुने बेला आएको र संबिधान लाई स्थापित गर्नका लागि पनि सबै संसदवादी दल एक हुनु पर्ने मा जोड दिनु भयो । हेर्नुहोस् भिडियो :-