राष्ट्रपतिमा कस्को पल्ला भारी ? राजनितिक बिष्लेषक पौडेलको नयाँ खुलासा ( भिडियो सहित )

काठमाण्डौं,फागुन १४ । राजनितिक बिष्लेषक आनन्दराम पौडेलले नयाँ बनेको गठबन्धनले राजनीतिक अस्थिरता नयाँ ब्यु रोपेको बताउनु भएको छ । शनिबार नियात्राटिभी सँगको अन्तर्वाताका क्रममा वहाँले उक्त कुरा बताउनु भएको हो।

एक प्रश्नको जवाफमा वहाँले भन्नु भयो “नेपालको राष्ट्रिय राजनीतिमा बिदेशी शक्तिको कहिँन कहिँ प्रभाव परेको देखिन्छ । पछिल्लो राजनीतिक अवस्था र रणनीतिलाइ नजिकबाट हेर्ने हो भने अहिलेको स्थितीले देश र जनताको बित बिपरित सत्तालिप्साको राजनीति मात्र देखिन्छ ।” यस्तो अवस्था सिर्जना हुनुमा बिदेशी शक्तिबाट नै नेपालका दलहरु प्रभावित भएको देखिएको बताउनु भयो ।

राष्ट्रपति चुनावमा उठाइएका उम्मेदवारका बारे बिगत र बर्तमान कस्तो छ तुलनात्मक रुपमा विश्लेषण गर्दै पौडेलले छर्लंग पारेका छन् । के बिदेशी प्रभावबाट प्रेरित भएर अहिलेको सत्ता गठबन्धन भत्किएको हो ? लगायतका यावत बिषयमा प्रश्न गर्दा पौडेलले खुलेरै व्याख्या गरे उनले भने “अहिले नेपालमा इन्डो अमेरिकन नेक्सस सक्रिय छ जसको कारण एमाले भन्दा काँग्रेसप्रति बाह्य शक्तिले बिश्वास गर्ने हुँदा आजको परिस्थिति उत्पन्न भएको हो । राजनीतिक अस्थिरताले फेरी जरा गाड्न सक्छ सचेत हुन जरुरी छ ।” हेर्नुहोस् पुरा भिडियो :-



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv