राजनीतिमा जितहार भई रहन्छ तर देश र जनता कहिल्यै हार्नु हुँदैन – शंकर पोखरेल (महासचिव)
काठमाण्डौं,फागुन २० । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा जितहार भई रहन्छ तर देश र जनता कहिल्यै हार्नु नहुने बताएका छन । आज बाँके सम्पर्क मन्च र दाङ काठमाण्डौं सम्पर्क मन्चले आयोजना गरेको बनभोज कार्यक्रममा बोल्दै बताउनु भएको हो । त्यस्तै नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञावलीले यती बेला जनता र नेता कार्यकर्तामा बिचलन आएको जस्तो देखिएका कारण र पछील्लो चुनावी परिणामबाट एमालेले पाएको लोकप्रियतालाई ध्यान राख्दै मिसन ग्रास रुट को अवधारणा ल्याइकोले सोही बमोजिम प्रशिक्षण दिन आवश्यक रहेको बताउनु भएको छ । जनमतको कदर गर्नु र राष्ट्रमा देखिएको देशी बेदेशी शक्तीको चलखेल रोक्न सबै एकजुट हुनु पर्ने भन्नु भयो ।
बाँके जिल्लाबाट काठमाण्डौंमा स्ठायी आस्थायी बसोबास गर्दै आएकाहरु र बिभिन्न पेसामा संलग्न ब्यक्ती र विद्यार्थीहरुको उपस्थिती रहेको थियो । उक्त बनभोजमा नेकपा एमाले समर्थक नेता कार्यकर्तालाई मिसन ग्रास रुट बारे जानकारी प्रशिक्षण दिईएको थियो ।
बनभोज कार्यक्रममा बाँके जिल्लाको संघिय सांसद दिपा शर्मा ,नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञावली,महासचिव शंकर पोखरेल लगायत जिल्लाका अन्य नेताहरु को उपस्थिती रहेको थियो ।