आमा तिमी महान छौ – डा दिलिप कुमार मल्ल ( कबिता )
आमा तिमी महान छौ
तिम्रो आत्मा महान छन् happy mother’s day.
समाजले दुरदुर र छिःछिः गरेका
भट्किएका ति आत्मा ,
एक मुठी सास लिएर
तिम्रा आँगनमा देख्दा
एक मुठी माड लगाउन नसक्नेलाई नै
एक गाँस दिएकी थियौ
र , त
आमा महान छ्यौ ?
Happy mother’s day,
भन्छन, कलियुग पापीहरुको युग रे
पाप गर्नेले नै धर्म कर्म गर्नेे ?
खै के ! खै के !! कुरै बुझ्न गाह्रो
आमा तिमी
कहिले मन्दिरमा गएनौ !
धुपबत्ति गरेनौ !
शिवलाई रोटा जलेनन् !
उन्नत भविष्यका लागि भाकल गरेनौ !
निरहत्या प्राणीको हत्या गरेनौ !
सत्यनारायणको पुजा भएन,
न श्रीस्वस्थानी व्रत,. नत शिवजी,
न दुर्गा माता , न त लक्ष्मी ,
कहिले कसैको व्रत बसेनौ
लाग्थ्यो हो कस्तो आमा हो तिमी
न धर्म , न आजापुजा
तर आमा तिमी
महान छौ ।
Happy mother’s day.
सोच्दैछु आज
धर्म भनेको के हो ?
आमा, कता होलान ति आत्मा
ति पिन्तुरी बज्यै,
कुष्ठरोगले गिजलेको गौरी,
गरिवीले लठारेको देउमा,
पति वियोगमा फसेकी प्याउली ,
छोराबुहारीले हेला गरेकी कल्लेरी बज्यै ,
ग्याल ग्याल्ती सन्तान भएकी काली,
प्वाँलेका बुढो बाजे ,
कहाँ होलान ति आत्मा ?
बास त, तिम्रै घरमा थियो सधै !
एक छाक गर्जो टार्नका लागि
कति खुसी मनले रमाएका थिए
ती आत्मा
र त
तिमी महान छ्यौ. Happy mother’s day.