नेत्रहीन महिला क्रिकेटमा भारतीय माथि नेपालको विशाल जीत

काठमाण्डौं,बैशाख १२ । विनिता पुनको पहिलो ऐतिहासिक अन्तराष्ट्रिय शतकमा 2nd Nep-Ind Bilateral T20 Blind Women Cricket Series अन्र्तगत पोखराको क्रिकेट मैदानमा भएको पहिले खेलमा नेपाली नेत्रहीन महिला क्रिकेटको टिमले विजय हासिल गरेको छ । टस हारेर फिल्डिङ्गमा उत्रेको भारतीय नेत्रहीन महिला क्रिकेट टिमले निर्धारित २० ओभरको समाप्तिमा ७ व्हृयीकेटको क्षतिमा १७३ रनको योगफल तयार गरेका थियो ।

भारतका ५ खेलाडी रन आउट भएका थिए भने १ व्हृयीकेट विनित पुन र १ व्हृयीकेट निशा चौधरीले लिएका थिए । जवाफी व्यटिङ्गमा नेपालले २ व्हृयीकेट गुमाउदै ८ व्हृयीकेटको विशाल जित हासिल गरेको छ । नेपालको लागि प्लोयर अफ द सिरिज विनिता पुनले विश्फोटक व्यटिङ्गगर्दै ५७ वलमा नटआउट १११ रन प्रहार गरेकी थिइन् । उनको व्यटबाट १७ चौका सहित नेत्रहीन महिला क्रिकेटको इतिहासमा पहिले शतक बनाउने खेलाडी बनेकी छन् । त्यसैगरी मनकेशरी चौधरीले ३२ रन, सरिता घिमिरोले नटआउट हुदै २१ रन प्रहार गरेका छन् ।

भारतीय नेत्रहीन महिला क्रिकेट टिमको तर्फबाट उपकप्तान गंगावा निलप्पाले सर्वधिक नटआउट ७२ रन, सिमु दासले २६, दिपिका टि.सीले १६ बर्षा यूले १०, सुस्मा पटेलले ९ रन बनाएका छन् ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv