सामाजिक संजाल मार्फत राजा र दलबीच बिवाद सृजना गर्ने गिरोह कुन हो ? – अर्जुन ज्ञवाली ( लेख )

अर्जुन ज्ञवाली ( लेख ) काठमाण्डौं ।  पुर्ब प्रधानमन्त्री केपी ओलिले पुर्ब युवराज्ञी हिमानी शाहको नामको सामाजिक संजालको अभिव्यक्तिलाई लिएर टीका टिप्पणी सुरु भएको छ । पुर्ब राजाको सचिवालयले राजा या राजपरिवारको नाममा कुनै सामाजिक संजाल छैन भनेर पटकपटक बिज्ञप्ती निकाले पनि सामाजिक संजालमा अभिव्यक्ति रोकिएको छैन ।

सार्बजनिक जिबनको महत्वमा रहेका ब्यक्तित्वको बारेमा फेक एकाउन्ट छ भने साइबर ब्यूरोमा गएर पत्ता लगाउन सकिन्छ । तर यो राजा र उनको
सचिवालयले किन पत्ता लगाउन चाहँदैन ? केहि समय पुर्ब पुर्बराजा कै नाममा चितवनको अयोध्यापुरीको राममन्दिर र रामजन्मभुमी विरुद्ध ट्विट आएको थियो। आफुलाइ माओवादी हिंसाका अनुयायी भन्ने नरेन्द्रजङ पिटरजस्ताहरुले त्यो ट्विटलाई सम्प्रेषण गरेका थिए । पुर्ब राजाका वरिपरि इन्डो/ पश्चिमा मिसनरीको खतरनाक संजाल रहेकोछ । उनीहरुले राजा या राजपरिवारका नाममा सामाजिक संजाल चलाउछन । जब बिवाद आउछ प्रतिक्रिया जनाउछन।

राजा या राजपरिवारले त्यसको प्रतिवाद गर्दैन किनभने उनिहरु कै घेराभित्र राजा र राजपरिवार रहेको छ । उनीहरुको काम इन्डो/ पश्चिमा मिसनमा राजा र दलहरू बीच बिवाद ल्याउने र भाडने हो । असली गणतन्त्रबादी तिनै राजाका वरिपरि रहेकाछन । केपी ओलि जस्तो परिपक्व ब्यक्तित्वले यतिपनि  बुझन नसक्नु कमजोरी हो । समकालीन राजनीतिक ब्यक्तित्वमा सिपि मैनाली र ओलि जतिको जिम्मेवार अरु देखिदैनन् । हो उहाँहरुमा कमी कमजोरी नभएको होइन । तमाम कमि कमजोरीका बावजुद उग्रवाद र अतिबादलाइ ओलिले नै कमजोर बनाएको बिर्सनु हुँदैन । अहिले पुर्बमा तिनै अतिबादिहरुले ओलिमाथी आक्रमण गर्न खोजेको देखिन्छ। जहाँ राजाको शासनकालमा प्रेमकैदी प्रधानमन्त्री भए सबै समस्या हल हुन्छ भनेर निवेदन दिने गोपाल किराँती जस्ता अतिबादिहरु पुर्बको जातिबादी हिंसामा सामेल छन। यिनिहरु राजाका वरिपरिको इन्डो/ पश्चिमा संजाल सङ्ग जोडिएका छन।

यी अतिबादिहरुनै राजपरिवारलाई बिवादमा ल्याउन क्रियाशिल छन । हिजो माओवादी आतंककारीलाई साथ र सहयोग गर्नेपनी यिनै अतिबादिहरु थिए । बरिस्ट पत्रकार युवराज घिमिरेले केपी ओलिको प्रतिक्रिया पछी जुन धारणा राख्नु भएको छ धर्म प्रसाद ढकालको हत्यामा केपी ओलिलाइ राजाले माफी दिएको कुरा सत्य नै होला। त्यस्तो माफि दिने निकाय अहिले छैन । यसकारण पुस्पकमल दाहाल छट्पटाइ रहेको बुझन कठिन छैन । स्वयं युवराज घिमिरे दरबार हत्याकाण्ड पछी भारतीय गुप्तचर संस्था रअ को योजनामा बाबुराम भट्टराई द्धारा लिखित नयाँ कोतपर्बलाई मान्यता दिनुहुदैन भनेर ज्ञानेन्द्र शाहलाई हत्या अभियोग सङ्ग जोडेर सेनाको षड्यन्त्र ढाक्ने बिचार कान्तिपुर दैनिकको सम्पादक रहेको अवस्थामा सम्प्रेषण गर्ने जिम्मेवार पत्रकार हुन् ।

घिमिरे पुर्बराजाका सम्बाद सचीव फणिराज पाठकका दिल्लीमा रहदाका रुमपाटनर पनि हुन । यसप्रकारको संजाल नै पुर्ब राजा र राजपरिवारको वरिपरिको घेरा हो । आफै धामी आफै बोक्सी भन्ने नेपाली उखान टुक्का यो संजालको हकमा लागु हुन्छ । राजा या राजतन्त्रको आवरणमा रहेको यो संजाल वास्तविक गणतन्त्रबादी हो । यसकारण गणतन्त्रको चिन्ता प्रचण्ड ,केपी ओलि शेरबहादुरले गर्नै पर्दैन । प्रचण्डले बाबुरामलाई कारबाही गर्दा तत्कालीन राजाका मुख्य सचीवनै बाबुरामको बचाउमा लागेका थिए उनले भेटेर बाबुराम बचाउनु पर्यो भन्ने कतिपय ब्यक्तित्वको रेकर्ड हामी र हाम्रो बिचार समुह सँग छ ।

अहिले सामाजिक संजाल मार्फत राजा र दलबीच बिवाद सृजना गर्नेकार्य यहीँ गिरोहले गरिरहेको छ । यो गिरोहले हिन्दुको नाममा चर्चमंडलीका केबि रोकाय चलाउँछन् । गोरखनाथ नरहरिनाथको नाममा प्रेम कैदिहरु चलाउँछन् । काङ्ग्रेसमा गगन थापा ,बिश्वप्रकाशहरुले चलाउँछन्  ।

०६४ सालमा गिरिजाप्रसाद कोइरालाले कोइराला निवास बिराटनगरबाट गगन थापा र नरहरी आचार्य दरबारिया भनेका थिए तर उनीहरु काङ्ग्रेस भित्र गणतन्त्रका आइकन बनाइएको थियो ।

यिनिहरुलाई चलाउने पनि यही  गिरोह थियो । अहिले स्वतन्त्र पार्टी देखि विभिन्न आवरणमा यही गिरोह क्रियाशिल रहेको छ । सबैलाई चेतना भया ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv