गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पाए बिश्वासको मत
पोखरा , २१ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । उनले बिहीबार बसेको प्रदेश सभाको बैठकबाट विश्वासको मत प्राप्त गरेका हुन् । मुख्यमन्त्री पाण्डेको पक्षमा ३५ र विपक्षमा २२ मत खसेको सभामुख कृष्णप्रसाद धितालले जनाएका छन् ।
प्रदेशसभा बैठकमा ५९ सांसद उपस्थित रहँदा दुई सांसद् भने तटस्थ रहे । मुख्यमन्त्री पाण्डे वैशाख १४ गते नियुक्त भएका थिए।