नेपालबाट ३२ खर्ब रुपैयाँ पलायन भएको छ,सरकारले साथ दियोस म फिर्ता ल्याउँछु : दुर्गा प्रसाईं अभियानता(भिडियो)
काठमाडौं, ३० बैशाख । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेपालबाट ३२ खर्ब रुपैयाँ पलायन भएको दाबी गरेका छन् । उनले नेताहरुले देश बेचिसकेको र देश बेचेको पैसा दुवईलगायत विभिन्न मुलुकमा राखेको खुलासा गरेका छन् ।
प्रसाईले नेपालमा नेपालमा चाँडै अमेरिकी सेना आउन लागेको पनि दाबी गरेका छन् । शनिवार काठमाडौँको पेरिसडाँडामा पत्रकार सम्मेलन गरी उनले यस्तो सनसनीपूर्ण दाबी गरेका छन् । उनले अब जनताले नेताहरूलाई कारबाही गर्ने अभियान सञ्चालन नगरे देशले कहिल्यै सुख नपाउने बताए । हेर्नुहोस् भिडियो :-