कांग्रेस सांसद सञ्जय गौतम आमरण अनशनमा

काठमाडौं,बैशाख ३१ । सत्तारुढ नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री सञ्जय गौतम विकास निर्माणका विभिन्न माग राख्दै आमरण अनशनमा बसेका छन् ।

बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित गौतमले जब्दीघाटको भत्किएको पुल मुनि टेन्ट लगाएर आमरण अनशन सुरु गरेका हुन् ।
उनले विभिन्न १५ बुँदे मागहरूको सूचि अनसनस्थलमा राखेका छन् । सूचीको पहिलो नम्बरमा जब्दीघाटको भत्किएको पुल निर्माणको काम सुरु गर्नुपर्ने माग उल्लेख गरेका छन् ।

सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल बनेर उदघाटन नहुँदै २०७४ साउन अन्तिम साता भत्किएको थियो । यो पुल पप्पु कन्स्ट्रक्सनले बनाएको थियो ।

सांसद गौतमले जिल्ला सदरमुकाम डुबान र कटानको कारण जोखिममा रहेको भन्दै तटबन्धनका काम गर्नुपर्ने, सिँचाइ आयोजनाहरुमा बजेट सुनिश्चित हुनुपर्ने लगायतका माग पनि राखेका छन् ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv