अनि यसलाई पनि मानव बेच बिखन र मानव तस्करी नै भन्नु पर्दछ – कमला प्रसाई (बिचार)
अमेरिका,कमला प्रसाईं । नक्कली भुटानी शरणार्थी प्रकरणले राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायमा गम्भिर चर्चाको बिषय बनेको छ । पूर्व गृहमन्त्रीसहित उच्च पदस्थ अधिकारीहरूलाई पक्राउ गरेर अघि बढाइएको नक्कली भुटानी शरणार्थी प्रकरणको प्रहरी अनुसन्धानले, नेपालले क्षवी कस्तो रहला अहिले नै आँकलन गर्न सकिन्न । उक्त कसुरमा संलग्न अरु को को हुन सक्छन ? हालसम्म कस्ता नक्कली भुटानी शरणार्थी नेपालबाट अमेरिका छिरे भन्ने बिषय गम्भिर भएको छ ।
त्यसैले सामाजिक संजालमा आफ्ना अभिब्यक्ती राख्नेक्रम बढीरहेको सोही प्रसँगमा अमेरिकामा बस्दै आएकी साहित्यकार तथा लेखक कमला प्रसाईंले आफ्नो बिचार राख्नु भएको छ । मोटो रकम लिएर सभा सम्मेलन गर्दै धेरै नेपालीहरुलाई बिदेश भित्र्याउने काम पनि मानव तस्करी नै हो । भन्नु भएको छ । वहाँ लेख्नु हुन्छ :
“मानव बेच बिखन अहिलेदेखि होईन धेरै अघिदेखि नै हुँदै आएको छ । ४६ सालको जन आन्दोलन पछाडिदेखि नै केही नेता, नेतृहरु यस्तो कार्यमा सक्रिय देखिदैं आएका छन् भने देश बिदेशमा खोलिएका केही संघ संगठनले पनि मानव तस्करी गरेर आफ्नो पेट पाल्ने र आफ्ना आसेपासेको जीवन सहज तुल्याउने कार्य गरेका धेरै उदाहरणहरु छन् ।
अहिले आएर एक्कासि ठुलो कुरा देखिएको मात्र हो, गम्भिर रुपमा खोज तलास गर्ने हो भने नेपालका धेरै नेताहरु यो कार्यमा संलग्न भएका प्रमाणहरु भेटिने छन् ।
अन्तिममा नेपाल सम्बन्धि चासो देखाएर नेपालीहरुले नै देश, बिदेशमा खोलेका संघ- संस्थाहरु पनि यस्तो कार्यमा संलग्न देखिन्छन् र केही रकमहरु लिदैं सभा सम्मेलन गर्दै धेरै नेपालीहरु बिदेश भित्र्याउने काम भएको छ यस्तो कार्य निन्दनीय नै हो अनि यसलाई पनि मानव बेच बिखन र मानव तस्करी नै भन्नु पर्दछ।” कमला प्रसाईं, हाल अमेरिका ।