एबोगाडोको रुख रोपेर ज्ञानेन्द्र ले सरकारलाई चुनौती
काठमाण्डौं,जेठ ५ । बागमती सरसफाइ महाअभियानको १० बर्ष पुरा भएको अवसरमा बागमती नदीकिनारमा वृक्षारोपण गरिएको छ । शनिबार बिहान संघिय साँसद माननीय ज्ञानेन्द्र शाही र प्रदेश सभा सदस्य सुनिल केसीको उपस्थितिमा वृक्षारोपण सम्पन्न भएको हो ।
अतिथी शाहीले एबोगाडोको रुख रोप्दै वृक्षारोपण कार्यले देखिएको हरियालीले आज बागमती सुन्दर भएको बताए । २०६८ सालमा नदीकिनर हेर्नलायक नरहेको तर अहिले सोही किनारमा रेस्टुरेन्ट खुलेको देख्दा कल्पना समेत नगरेको कार्यको अभियानकर्ता सबै प्रशंसाको पात्र रहेको उल्लेख गरे । वृक्षारोपण कार्यक्रममा बागमती सरसफाइ महाअभियानता पुर्व मुख्य सचिव लीलामणी पोखरेल,पुर्व सिडियो लगायतको उपस्थिती रहेको थियो । हेर्नुहोस् भिडियो :-