सिकम्पोसा दक्षिण एशियाली फेडेरेशनको नक्सा र प्रधानमन्त्री प्रचण्ड: अर्जुन ज्ञवाली (बिचार)
काठमाण्डौं ,अर्जुन ज्ञवाली । प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ यती बेला भारत भ्रमणमा छन । आज मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग औपचारिक बिशेष भेटघाट सकिएको छ साथसाथै नेपाल र भारतबीच ७ सम्झौतामा हस्ताक्षर भएको छ । यो सम्झौताले भबिस्यमा के कस्ता असर पार्ला या प्रधानमन्त्रीले गरेको सम्झौतामा कतै राष्ट्रघात भएको त छैन यही बिषयलाई मध्यनजर गर्दै राजनीतिक बिष्लेशक अर्जुन ज्ञवालीले लेख लेख्नु भएको छ ।
हामीले पुरानो कुरा बिर्सने गरेका छौं । कुनै समय माओवादीले आरएसएसको यो नक्सा अखण्ड भारतको एजेन्डालाई सिकम्पोसा दक्षिण एशियाली फेडेरेशनको नाम दिएर अगाडि सारेको थियो । भोलिको पुस्ता इतिहासको नेपाल विरुद्धको षड्यन्त्रबाट बेखबर नहोस् भनेर यस विषयमा पुस्तक प्रकाशन हुँदैछ । माओवादीले आरएसएस,रअ,बिरेन्द्र हत्या गर्ने नेपालको सेना,दरबारिया गिरोह र भाजपाकै संरक्षणमा चलाएको हिंसा काल मै सिकम्पोसा दक्षिण एशियाली फेडेरेशनको नाममा अखण्ड भारतको एजेन्डा बोकेको थियो ।
माओवादी हिंसाको उत्कर्सकालमा भारतमा भाजपाको सरकार थियो प्रचण्ड बाबुरामले भाजपा प्रधानमन्त्री अटल बिहारी वाजपेयीलाई निवेदन हालेका थिए । अहिले प्रचण्डबाट छबिलाल दाहाल भएर दिल्ली अवतरण गरेका प्रधानमन्त्री त्यहीँ नक्सा अगाडि लम्पसार परेकाछन ।
माओवादको नाममा माओकै चीनविरुद्ध छद्वम हिंसाको नेतृत्व गरेका छबिलाल दाहालले अब भ्रमदिन सम्भव छैन । भारतिय बिस्तारबाद विरुद्धको सुरुङ युद्ध छद्वम नाटक मंचन थियो।सिकम्पोसा अखण्ड भारतको आर एस एस एजेन्डाका कारण माओवादीलाई भारतमा बिजेपीले संरक्षण दिएको थियोे भने इसाई मिसनरी एजेन्डाका कारण युरो /पश्चिमाहरुले । कथित माओवाद केवल जनता झुक्याउने चालबाजी मात्रै थियो । नेपालमा काङ्ग्रेस र एमाले सम्सदिय पार्टीका कार्यकर्ता माथिको आक्रमण हत्या लुटपाट गरेकोले दरबारिया राणाकेन्द्रको सहयोग थियोे ।
राजा बिरेन्द्रको हत्या काण्डका बाह्रय प्रमाण नस्ट गर्न बिरेन्द्र हत्या गर्ने सैनिक गिरोहलाई माओवादी आवश्यक थियो यसकारण सैनिक जनरल कुमार फुदुङ सभासद बनेका थिए । अफगानिस्तानमा तालिवान सिआइएले इस्लामको आवरणमा खडा गरेजस्तै नेपालमा सिआइएले रिमका अध्यक्ष सिआइए एजेन्ट अमेरिकी नागरिक बबअभाकियनको पहलमा नक्कली माओवादी इन्डो/सिआइए र चर्चको योजना खडा गरिएको थियो । तालिवानले इस्लामको नारा दिएजस्तै माओवादीले नयाँ जनवादी क्रान्तिको नारा दिएको थियो ।
तालिवान जसरी सिआइएको योजना मै जनता झुक्याउन अमेरिका बिरोधी जस्तो देखिन्थ्यो नेपाली माओवादी रअ कै योजनामा भारत बिरोधी देखिन्थ्यो जबकि कथित माओवादी गुरिल्लाहरुलाई रअ ले बङगलादेश मुक्तिबाहिनीलाई जस्तै चक्राटामा तालिम दिएको थियो ।
यी सबै नाटकको पर्दा अब निर्बस्त्ररुपमा छायाङकन भैरहेकोछ । जसरी ५० लाख टाउकोको मुल्य तोक्ने र तोकिनेको गठबन्धन सरकार नेपालमा छ त्यसरी नै भारतीय बिस्तारवाद विरुद्धको सुरुङ युद्द गर्ने छबिलाल दाहाल अखण्ड भारत माओवादी भाषामा सिकम्पोसा दक्षिण एशियाली फेडेरेशनको नक्सा अगाडि बिराजमान छन ।