आर्मी च्याम्पियन
काठमाण्डौं,असार २१ । नेपाल आर्मी प्रकाश दाहाल स्मृति पुरुष तथा महिला खुला बक्सिङ प्रतियोगितामा बुधबार च्याम्पियन बनेको छ । आर्मी पुरुष÷महिला दुवैमा च्याम्पियन बन्यो ।
नेपाल बक्सिङ संघको तत्वावधानमा बूढानीलकण्ठ नगरपालिका र अखिल नेपाल खेलकुद संघद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुषमा आर्मी ६ स्वर्ण, ५ रजत र १ कांस्यसाथ टिम च्याम्पियन बन्यो । महिलामा च्याम्पियन बनेको आर्मीले ३ स्वर्ण, १ रजत र ४ कांस्य हात पा¥यो ।
बूढानीलकण्ठस्थित गणेश माविमा भएको प्रतियोगिताको पुरुषमा बक्समान्डुका सिंवीर लिम्बू तथा महिलामा जेन एक्सकी स्वस्तिका तिरुवा उत्कृष्ट खेलाडी घोषित भएको इन्टरनेसनल टेक्निकल अफिसियल (आईटीओ) पुस्कारराज पन्तले जनाएका छन् । दुवैले जनही ५० हजार नगद पुरस्कार हात पारे ।
विजेतालाई उर्जा, जलश्रोत तथा सिचाईं मन्त्री शक्तिबहादुर बस्नेत, पूर्व मन्त्री विना मगरलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगिताको पुरुषमा १३ तथा महिलामा ९ गरी जम्मा २१ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १५÷१५ हजार नगद पुरस्कार हात पारे ।