मेयर बालेनले भारतीय गुलाम भनेपछी राजनीतिमा आयो भुईंचालो

काठमाण्डौं,असार २२ । काठमाडौं महानगरका मेयर बालेन्द्र साह ले सांसदहरुमाथि शंका लागेको बताएका छन् । उनले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहालभन्दा पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउने सांसदहरुमाथि शंका लागेको उल्लेख गरेका छन् । हालै प्रधानमन्त्री दाहालले दिएको एक अभिव्यक्ति विवादमा परेको छ ।

सो सन्दर्भमा बालेनले सरकारमा दिल्लीको आदेश मान्ने सांसदहरुको बहुमत रहेको पनि आरोप लगाएका छन् । उनले देश भारतीय गुलामहरुले चलाईरहेको र आफूमात्र विरोधमा रहेको सुनाएका छन् । उनले अरु सबै मरेको लाश हो ? भन्दै प्रश्नसमेत गरेका छन् ।

उनले फेशबुकमा लेखेका छन्-

हामीलाई प्रचन्डज्यु भन्दा प्रचन्डज्युलाई प्रधानमन्त्री बनाउने सांसदहरु माथी शंका लायो,
दिल्लीको आदेश मन्ने सांसदको बहुमत रहेछ सरकारमा ।
भारतीय गुलामहरुले देश चलाउदैछ, र म मात्र बिरोधमा ?
र म मात्र अदालतको अबहेलनामा ?
सबै जना मरेका लाशहरु हुन ?



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv