आज शनिबार पनि बैंक तथा बित्तिय संस्था खुल्ने

काठमाडौं, असार २३ । नेपाल राष्ट्र बैंकले शनिबार पनि राजस्व संकलनको व्यवस्था गर्न निर्देशन दिएको छ ।

महालेखा नियन्त्रक कार्यालयको अनुरोधमा शुक्रबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले असार २३ र ३० गते शनिबार राजस्व संकलन, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफर (ईएफटी)को फण्ड सेटलमेन्ट गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थालाई व्यवस्था गर्न अनुरोध गरेको हो ।

राष्ट्र बैंकका अनुसार असार २३ र ३० गते बिदाका दिन र २४ गतेसमेत राति ८ बजेसम्म सिस्टम खुला राख्नुपर्नेछ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv