यस कारण सेनाको बिषय संसदमा उठ्दैछ : अर्जुन ज्ञवाली (बिचार)
काठ्माण्डौ,साउन ४ । डा. स्वर्णिम वाग्लेले नेपाली सेनाको सङ्ख्या घटाउने एजेन्डा संसदमा उठाएपछि बहस सृजना भएको छ । ब्यक्तिगत रूपमा म स्वर्णिम वाग्ले र उहाँको पार्टीसङ्ग सहमत छैन। तथापि पश्चिमा एजेन्डामा उहाँले यो मुद्दा उठाएको भएपनि नेपालको सेना पश्चिमा एजेन्डा बाहिर कहाँ छ ?
१.) दरबार हत्याकाण्ड २०५८ जेष्ठ १९ मा यो सेना कहाँ थियोे ? दरबार भित्रको सुरक्षा तत्कालीन प्रधानसेनापतिको होईन भने कस्को हो ? २ ) २०६४ जेष्ठ १५ गते गणतन्त्र घोषणा हुँदा यो सेना कहाँ थियोे ? कस्को इसारामा मौन रह्यो ? ३ ) एम सि सि जस्तो रास्ट्रघाती सम्झौतामा सेनाका तिनजना प्रधानसेनापतीको बक्तब्य र स्वर्णिम वाग्लेको एमसिसी सम्बन्धि धारणामा कहाँ भिन्नता छ ? ४) एस पि पि जस्तो नाटो सङ्ग जोडीने घातक सम्झौता सेनाले सरकारलाई गुमराहमा राखेर कस्तो लागी गरेको थियोे ? ५ ) भारतले नेपालको सिमा मिच्दा सेनाको भुमिका कहाँ छ ?
जहाँसम्म २००८ सालमा भद्रकाली मिश्रले सेना घटाउने एजेन्डा सङ्ग अहिलेको वाग्लेको सेना घटाउने एजेन्डा कहाँ मिल्छ ? भारतको मानार्थ र रास्ट्रसंघको शान्ति सेना बाहेक आफ्नै परमाधिपति बिरेन्द्र र ज्ञानेन्द्रको सुरक्षा नगरेको यो सेनाको जन्ती ,मलामी,सलामी ,गुलामी बाहेक नेपाल रास्ट्रको रक्षाका लागी निभाएको भुमिका खोइ? ४ ) कम्बोडियामा सिआइएको आडमा राजा नरोद्दम सिम्हानुकलाई अपधस्त गर्ने सेना र नेपालको २०५८ जेष्ठ १९ को बिरेन्द्रको कत्लेआम गर्ने सेनामा कहाँ भिन्नता छ ? ५) अफगानिस्तानमा राजा जाहिर शाह बिस्थापन गरेर गणतन्त्र ल्याएर देश बर्बाद गरेको सेना र २०६४ जेष्ठ १५ मा गणतन्त्र ल्याउन सहयोग गरेर यो देश बर्बाद गर्ने नेपालको सेनामा कहाँ भिन्नता छ ? के यी प्रश्नहरूको जवाफ स्वघोसित कथित रास्ट्रबादको स्याल हुइया चलाउने हरुसङ्ग छ ?
एजेन्डा बिहिन सेना राजतन्त्रको बिस्थापन पछी जसरी कम्बोडिया र अफगानिस्तानमा विघटन भयो २०५८ जेष्ठ १९ र २०६४ जेष्ठ १५ को गल्ती सचाउदैन भने यस्तो सेना घटाउने होइन विघटननै हुन्छ ।६ ) जनतामा जनपथ प्रहरी छ भने सिमानामा शसस्त्र प्रहरीबल यो अवस्थामा यो सेना केका लागी ? जवाफ छ ? हामीले खोजेको पृथ्वीनारायण शाह र बहादुर शाहको लिगेसिको सेना हो।जङ्ग बहादुर राणा जस्तो बृटिस भुस्या कुकुरको लिगेसिको सेना होइन ।
पृथ्वीनारायण शाह र बहादुर शाहको लिगेसी बोक्न नसक्ने इन्डो/अमेरिकि सेना घटाउने होइन कम्बोडियामा राजा नरोद्द्म सिम्हानुकलाई धोका दिने सेनाजस्तै विघटन गरिदिए हुन्छ ।
सशस्त्र प्रहरीलाई नयाँ सेनाको रूपमा रुपान्तरण गर्दा हुन्छ । होईन भने यो सेनाले आफ्नो औचित्य पुष्टि गर्न सक्नुपर्छ । यसकारण स्वर्णिम वाग्लेको आलोचना गर्नेहरू सङ्ग सेनाको औचित्य पुष्टि गर्ने हिम्मत छ ? इतिहासमा औचित्यहिन सेना विघटन हुन्छन् र भएका धेरै उदाहरण छन।
इतिहासको बिरासत धान्न नसक्ने सिनोखाने भुस्या कुकुरहरूको समुह कम्बोडियाको राजा सिम्हानुक बिरोधी सेनाको जस्तै हुनेछ ।