चलचित्र विकास बोर्डले सार्वजनिक गर्यो बक्स अफिस कलेक्शन रिपोर्ट

काठमाण्डौं,साउन ५ । आर्थिक वर्ष २०७९।८० मा चलचित्र विकास बोर्डबाट प्रदान भएको ‘मूभि कोड’ अनुसार नेपालमा प्रदर्शन भएका नेपाली र  विदेशी चलचित्रहरूको ग्रस बक्स अफिस कलेक्शन रिपोर्ट सार्वजनिक गरिएको छ । कलेक्शनसँगै प्रदर्शन सुरू भएको मिति र टिकट बिक्री सङ्ख्या सहितको विवरण सार्वजनिक गरिएको हो । चलचित्र विकास बोर्डको मिति २०८०।०४।०२ को  निर्णयानुसार रिपोर्ट सार्वजनिक गरिएको हो ।

गत आर्थिक वर्षमा ५७ वटा स्वदेशी चलचित्रहरू रिलिज भएका छन् । स्वदेशी चलचित्रहरूको २७,१६,२१७ थान टिकट बिक्रिसहित जम्मा ग्रस व्यापार ७६,७२,५७,००१/- (छहत्तर करोड बहत्तर लाख सन्ताउन्न हजार एक रुपैयाँ मात्र) भएको छ । गत आर्थिक वर्षमा ७८ वटा विदेशी चलचित्रहरू नेपालमा प्रदर्शन भएका छन् । यि चलचित्रहरूको २५,८५,६०२ थान टिकट बिक्रिसहित जम्मा ग्रस व्यापार ७९,४३,०४,७४८.७०/- उनासी करोड त्रिचालिस लाख चारहजार सात सय अठचालिस रुपैयाँ सत्तरी पैसा मात्र)भएको छ ।

प्रदर्शनरत दुई नेपाली कथानक चलिचत्रहरू बगान र जारी तथा दुई विदेशी चलचित्रहरू Mission Impossible – Dead Reckoning Part One र Resident Evil: Death Island को गत आर्थिक वर्षको अन्तिम दिन २०८० असार ३१ सम्मको रिपोर्ट समावेश गरिएको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv