यसरी बन्छ टाेखाकाे ‘चाकु’ (भिडियाे सहित )
काठमान्डौं ३० पौष । माघे सङ्क्रान्ति नजिकिदै गर्दा टोखाका चाकु व्यवसायीहरुलाई भने चाकु बनाउन भ्याइनभ्याइ छ । विशेष गरी यस सिजनमा चाकुको बढी खपत र ब्यापार हुने भएकाले उनीहरुलाई चाकु बनाउने चटारो नै हुन्छ । टोखा चाकु उत्पादन हुने स्थलको रुपमा पनि चर्चित मानिन्छ ।
यहाँबाट उत्पादन भएका चाकुहरु मुलुक बाहिर पनि निर्यात हुने गरेको ब्यावसायीहरु बताउनु हुन्छ । काठमान्डौको असन, न्युरोड, नयाँ बजार लगायतका क्षेत्रहरुमा बढी ब्यापार हुने ब्यावसायीले बताए । सिजनमा एक पटक कम्तिमा एक महिना दु:ख गरेर उत्पादन गर्ने र आंशिक लाभ हुने बताउँछन यी ब्यावसायी ।
लगानीको हकमा २५ लाख सम्म लागेपनी पुर्खाले गरेको काम लाई निरन्तर्ता दिएको र आफ्ना छोरानातीलाई यही काम गर्न प्रेरित गरेको न्युछेनारायण श्रेष्ठले हामीलाई बताए ।