आईटीएफ तेक्वान्दो टोली च्याम्पियनसिपमा सहभागी हुन १४ खेलाडी टोली भारतको हैदराबाद प्रस्थान

काठमाडौं, साउन १६ गते । सातौं दक्षिण एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन १४ खेलाडीसहित २५ सदस्यीय नेपाली टोली सोमबार भारतको हैदराबाद प्रस्थान गरेको छ ।
खेलाडीमा लीलाकुमारी सापकोटा, सुनिल महतो, सन्चिता श्रेष्ठ, तेन्जिङ दावा तामाङ, सविना तामाङ, मुना राई, रोनिका पराजुली, अनिल खड्का, रोशन घिसिङ, विनिता थापा मगर, निर्मल लामा, साहिल दोङ, डोल्मा गुरुङ र रिक्साङ वाइबा तामाङ रहेका छन् ।

प्रशिक्षकमा इश्वर थापा मगर, धनराज तामाङ, सपुत मोक्तान र मोतीलाल घिसिङ छन् । प्रतियोगितामा अञ्जन धमला, अन्जु रावत, पुकार केसी, रुपसिंह तामाङ, राजेश बोलाखे, तुलसी थापा मगर र दिलमाया गुरुङले अम्पायरको भूमिका निर्वाह गर्ने छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र नेपाल आईटीएफ तेक्वान्दो महासंघका सदस्य गोपाल श्रेष्ठले सोमबारै एक कार्यक्रमबीच बिदाइ गरे । प्रतियोगिता अगष्ट ४ देखि ६ तारिखसम्म हुनेछ ।

प्रहरीलाई हक्की सामाग्री
नेपाल हक्की संघले नेपाल प्रहरीको हक्की टिमलाई खेल सामाग्री प्रदान गरेको छ । हक्की संघका कार्यवाहक अध्यक्ष अनिलप्रसाद शर्माले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईलाई सामाग्री हस्तान्तरण गरे । हक्की स्टिक, बल र गोलकिपर प्याड प्रदान गरिएको हो ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv