नेपाली कांग्रेसले ७७ वटा जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटायो कहाँ को परे हेर्नुहोस
काठमाडौं । नेपाली कांग्रेसले ७७ वटा जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ । विशेष आन्तरिक अभियानअन्तर्गत कांग्रेसले प्रतिनिधिहरू खटाएको जनाएको छ । केन्द्रीय समिति बैठकले आन्तरिक अभियान अन्तर्गत प्रतिनिधि खटाउने निर्णय गरेको थियो । साउन २० देखि ३० गतेसम्म कांग्रेसले विशेष अभियान चलाउन लागेको छ ।
केन्द्रीय प्रतिनिधिहरूले जिल्लाका विभिन्न स्थानमा गई कार्यक्रम गर्नेछन् । पार्टीको वस्तुस्थितिबारे बुझ्ने छन् । उनीहरूले पार्टीका नियमित बैठक बसेको वा छैन, क्यालेन्डर बनाउने, पार्टी परिचालनको अवस्था बुझ्नेसहितका काम गर्नेछन् ।
कांग्रेसले अभियानका लागि केन्द्रीय प्रतिनिधिका रुपमा मन्त्री, सांसदहरूलाई खटाएको छैन । केही पूर्व केन्द्रीय सदस्यहरूलाई पनि खटाएको छ ।
महालक्ष्मी उपाध्याय ‘डीना’, सुजाता परियार, जीतजंग बस्नेत, टेकबहादुर गुरुङ, कर्णबहादुर बुढा, किरण गिरी, सुशीला मिश्र, प्रकाश रसाईली, देवेन्द्रराज कँडेल, गणेश लामा, रंगमती शाही, गेहेन्द्र गिरी, रामजनम चौधरी, राधा घले, दिलमान पाख्रिन, आङ्गेलु शेर्पा, नैनसिंह महर, मीनाक्षी झा, राजीव ढुंगाना लगायतलाई खटाइएको छ ।