पर्वतका फोटो पत्रकार आरके अदिप्तविरुद्द पक्राउ पुर्जी जारी गरेकोमा राष्ट्रिय फोटो पत्रकार समुह नेपाल को गम्भिर ध्यान आकर्षण
काठमाण्डौं,साउन २४ । पर्वतका फोटो पत्रकार तथा कालीगण्डकी बचाऊ अभियानका अभियान्ता आरके अदिप्त गिरीविरुद्ध पक्राउ पुर्जी जारी भएको समाचारले राष्ट्रिय फोटो पत्रकार समुह नेपालले एक बिज्ञप्ती जारी गर्दै गम्भिर ध्यान आकर्षण भएको जनाएको छ । आज बुधवार एक बिज्ञप्ती जारी गर्दै समुहले बिरोध जनाएको हो ।
गिरीले कालीगण्डकीमाथि चलिरहेको गैरकानूनी दमनविरुद्ध मुकदर्शक बनेको भन्दै पत्रकारको भूमिकामाथि फरक मत राखेको आधारमा उनीविरुद्ध पत्रकार गणेश पौडेल, छविलाल तिवारी, सन्तोष थापालगायतले किटानी जाहेरी दिएका थिए ।
सामाजिक संजालमा फरक मत राखेकै आधारमा पत्रकार माथि प्रशासनको दवाब दिन खोज्नु निन्दनिय रहेको बिज्ञप्तीमा उल्लेख गरेको छ ।