कैलाश पर्वत यसकारण रहस्यमयी पर्वत हो
कैलाश पर्वत यौटा रहस्यमयी पर्वत हो । हामी सनातनीहरूले कैलाशमा शिवजीको वासस्थान हो भनेर मान्दछौं ।
नासाका वैज्ञानिकहरूले यसलाई रहस्यमयी पर्वत मान्दछन् भने रूसी वैज्ञानिकहरूले कैलाश पर्वत वारे आफ्नो प्रतिवेदन पेश गरेकाछन् ।
वैज्ञानिकहरूले यहाँ शिवको वास छ भनेर त मान्दैनन् तर यो यौटा अलौकिक शक्तिको केन्द्र हो भनेर मान्दछन् ।
कैलाश पर्वतको रहस्य –
१. आज सम्म कुनै पनि मानिस यस पर्वतको शिखरमा पुग्न सकेका छैनन् । ११ ओैं शताब्दीमा तिब्बतको योगी मिलारेपी यहाँ पुगेको कुरा रसियाका वैज्ञानिकहरूले ” यूएन स्पेशियल ” म्यागजीनमा प्रकाशित गरिए तापनि योगीले यस वारे केही भनेका थिएनन् वा भन्न चाहेनन् ।
२. रूसको वैज्ञानिकहरूको मान्यता छ कि कैलाश पर्वत आकाश र धरतीको यस्तो केन्द्रमा छ कि जहाँवाट धरतीको चारै दिशा देखिन्छ । उनीहरूको दाबी छ कि यो स्थान एक्सिस मुंडी ( पृथ्वीको केन्द्र भएर जाने रेखा वा तना जो यसको सतहलाई पाताल र स्वर्गसंग जोड्दछ र जसको चारैतिर ब्रह्माण्ड घुम्छ ) हो । यसलाई विश्वको केन्द्रको रूपमा पता लगाइएको छ । यसै स्थानवाट मानिसले सजिलैसंग अलौकिक शक्तिसंग सम्पर्क गर्न सक्छ । धरतीको यो स्थान अत्यन्त शक्तिशाली स्थान हो ।
३. यहाँ दुईवटा तालहरू छन् , मानसरोवर र राक्षस ताल । यसको रहस्य अहिले सम्म कसैले पत्ता लगाउन सकेका छैनन् । मानसरोवर सफा र पवित्र जलको ताल हो । यसको आकार सूर्य जस्तै छ भनिन्छ । राक्षस ताललाई अपवित्र मानिन्छ । यसको आकार चन्द्रमा जस्तो छ ।
४. कैलाश पर्वतको उच्चतम शिखरमा सशरीर कोही पनि पुग्न सक्दैनन् । भनिन्छ , यहाँ देवताहरूको वास छ । पवित्र सन्तहरूको आत्मालाई नै यहाँ वास गर्ने अधिकार दिइएको छ ।
५. कैलाशवाट हिऊँ पग्लेर झर्दा डमरूको आवाज जस्तै सुनिन्छ । यसलाई कतिपय सज्जनले सुनेको बताइएको छ । तर यस रहस्यलाई अहिले सम्म कसैले पत्ता लगाउन सकेका छैनन् ।
६. कैंयो पटक कैलाश पर्वतको आकाशमा सात किसिमको प्रकाश देखिएको छ । नासाको मान्यता छ कि यहाँ चुम्बकीय शक्ति छ र आकाशसंग मिलेर यसले यस्तो चमत्कारिक कुराहरूको निर्माण गर्दछ ।
७. यस पर्वतको चार दिशावाट चार नदीहरू उद्गम भएका छन् , ब्रह्मपुत्र , सतलज , सिन्धु र कर्णाली । कैलाश पर्वतको चार दिशामा चार मुखहरू छन , पूर्वमा अश्वमुख , पश्चिममा हात्ती मुख , उत्तरमा सिंह मुख र दक्षिणमा मयुर मुख ।
८. कैलाश पर्वत र मानसरोवर क्षेत्रवाट निरन्तर प्लेन उडे जस्तो आवाज निस्कन्छ । यसलाई एकाग्रचित्त भएर ध्यानले सुने यो आवाज ॐ को ध्वनि जस्तो सुनिन्छ । वैज्ञानिकहरूको भनाई अनुसार यो ध्वनि हिऊँ पग्लेको हो । अथवा प्रकाश र ध्वनि बीच यस्तो समागम हुन्छ कि त्यसवाट ॐ को ध्वनि निस्कन्छ ।
९. कैलाश पर्वतलाई सनातन धर्मको केन्द्र मानिन्छ । यहाँ कैयौं सिद्ध साधु – सन्तहरूले टेलीप्याथीको माध्यमवाट देवी – देवताहरूसंग सम्पर्क गर्ने गर्छन् । यो आध्यात्मिक सम्पर्क स्थल हो ।