आज यी प्रदेशमा भारी बर्षा हुने

मौसमविद् शान्ति कँडेलका अनुसार कोशी , बागमती र गण्डकी प्रदेशमा तुलनात्मक रूमा बढी पानी परिरहेको छ।

न्यूनचापीय रेखा नेपालनजिक सर्ने क्रममा रहेकाले हिजो र अस्तिको तुलनामा आजदेखि पानी पर्ने क्रम बढ्ने  उनले बताइन्।

आज दिउँसो सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, लुम्बिनी, र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको उनले जानकारी दिइन्।

राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv