सञ्चारकर्मी शेर्पाद्वारा माउन्ट एलब्रसको सफल आरोहण
काठमाण्डौं , भाद्र ५ । संचारकर्मी फुर्पा शेर्पाले रसियामा रहेको युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर) को सफल आरोहण गरेकी छिन।
शेर्पा आइतबार बिहान स्थानीय समयअनुसार ६ः१५ बजे माउन्ट एल्ब्रस हिमालको शिखरमा पुग्न सफल भएकी हुन् । शेर्पा करिब ३ वर्ष देखिको यो सक्रिय आरोहण हो।
उनी एलब्रस हिमाल आरोहण गर्ने पहिलो नेपाली पत्रकार बन्न सफल भएकी छिन् । उनि एल्ब्रस हिमालको किर्तिमानी नेपाली माउन्टेन गाइड तथा आरोही चतुर तामाङको सहयोगमा चढ्न सफल भएकी हुन्।
नेपालको हिमाल सम्बन्धी समाचार सम्प्रेषण गर्ने क्रममा उनलाई आरोहण प्रती चासो बढ्को शेर्पाले बताएकी छिन्। ‘हिमाल चढ्ने काम जोखिम रहेछ, गाईड चतुर तामाङ दाईको हौसलाले चढ्न सफल भए’, उनले खुशी व्यक्त गर्दै भनिन्।
शेर्पाले आफ्नो आरोहण नेपाली पत्रकारहरु र महिलाहरुलाइ समर्पित गर्न चाहेको बताइन्।शेर्पा कर्पोरेट नेपालमा पर्यटन सम्बन्धी समाचार लेख्दै आएकी छिन ।