चिनले नयाँ नक्सा जारि गरेर विवाद नसुल्झिएका सिमारेखाहरुको विषयमा दवाव दिएको छ : अर्जुन ज्ञवाली ( विचार )
काठमाण्डौं भदौ १५ । चिनले नयाँ नक्सा जारि गरेर विवाद नसुल्झिएका सिमारेखाहरुको विषयमा दवाव दिएको छ । भारत मार्फत सिआइए दक्षिण एशियामा ,साउथ चाइना सि मार्फत अर्कोतर्फ घेरन खोजिसकेपछी चीन आक्रामक रूपमा आएको देखिन्छ । जहाँ सम्म लिम्पियाधुरा लिपुलेकको विषय छ यो नेपालले दाबीगरेको भुमि सङ्गै यदि चीन रुसजस्तै आक्रामक रूपमा एतिहासिक सिमारेखा दाविगर्ने तहमा आउँदा हामीले किर्ते सुगौली सन्धिपुर्बको बिशाल नेपाल दावी गर्ने दिन आउनसक्छ। नेपाल सङ्ग चिनको कुनै सिमा विवाद छैन।
राजा महेन्द्रको कार्यकालमै सिमासमस्या हल भैसकेको विषयहो। लिम्पियाधुरा लिपुलेक होस या दक्षिण सिमाना भारत सङ्ग नेपालको सिमा विवाद रहदै आएको छ । अरुणाचल चिनको भुमि हो भने किर्ते सुगौली सन्धि पुर्बको विशाल नेपाल नेपाली भुमि हो। अरुणाचल भारतले ओगटेजस्तै नेपालको दुइतिहाइ भुभाग पनि भारतले ओगटेको छ । त्यो अवस्थामा लिम्पियाधुरा लिपुलेकलाई चिनले नयाँ नक्सामा राख्यो भनेर कोकोहोलो मच्चाउनुको कुनै अर्थ छैन । लिम्पियाधुरा लिपुलेक नेपाली भुमी हो ।भारतले ओगटेकोछ त्यसलाई भारत र चीन बीच सिमाको मुद्दा उठदा नेपाललाई त्रिदेशिय सहमतिमा फिर्ता गर्न सहजनै हुन्छ । त्यो अवस्थामा हाम्रो दावी किर्ते सुगौली सन्धिपुर्बको योगि नरहरिनाथले जारिगरेको बिशाल नेपालको भुमी हुनेछ । काठमाडौ महानगरपालिकाका मेयर बालेन शाह ,र फणीन्द्र नेपाल ,अन्तर्राष्ट्रिय मंचले प्रकाशित गरेको बिशाल नेपालको नक्सा विवादित नक्सा हो । त्यसले सुगौली सन्धिपुर्बको नेपालको सम्पुर्ण भुमिको प्रतिनिधित्व गर्दैन। अमेरिकीहरुले रुस वरिपरि नेटो बिस्तार गर्न खोज्दा युक्रेन लगायत रुस वरिपरिका देशहरू जुन समस्यामाछन भारतीय आर एस एस नियन्त्रणमा रहेको नरेन्द्र मोदी सरकारले अमेरिकीहरुसङ्गको सहकार्यमा चीन घेर्ने अमेरिकी रणनीतिमा सामेल हुनुको परिणाम अहिले चीन आवश्यक परे सन १९६२ मा नेहरु सङ्ग युद्ध लडेजस्तै भिडने मनस्थितिमै चिनले नयाँ नक्सा जारिगरेको देखिन्छ ।
नेटोमा सामेल भएर दक्षिण एशिया नयाँ युक्रेन बन्न कुनैपनि देश सक्तैनन् तर अमेरिकीहरुले रुस वरिपरिका रास्ट्रहरुलाइ नेटोमा सामेल गरेर रुस/युक्रेन युद्ध निम्त्याएजस्तै दक्षिण एशियाली सार्क रास्ट्रहरुलाइ भारतीय आडमा अघोषितरूपमा नेटोमा सामेल गर्न चाहनछ। त्यसकारण चिनले भारतलाई नयाँ नक्सा जारिगरेर चेतावनी मात्रै दिएको छैन सन १९६२ को भारत /चीन युद्धपछी चिनले आफ्नो भुमिमा समेटेको अरुणाचलको विशाल भुमिको पनि सम्झना गराएको छ । शितयुद्दकालिन समय देखि दक्षिण एशियाली देशहरू असम्लग्न थिए।तथापि भारतको दोहोर चरित्रले जसरी १९६२ को भारत /चीन युद्ध भयो नरेन्द्र मोदि यदि आर एस एस जस्तो सिआइए मिसनको अतिवादमा हिडेभने नेहरुले जस्तै हविगत भोग्नुपर्नेछ । नव अनुदारवादी दर्शनबाट प्रभावित अमेरिकाले दक्षिण एशियामा अफगानिस्तानमा विध्वंसकारी हिसा मच्चायो र यस्तै हिंसा इराकमा मच्चायो।यी दुबै युद्धमा अपमानजनक पराजय भोगिसकेको छ ।
नेपालमा सेना हतियार लिएर अफगानिस्तानमा राजा जाहिर शाहलाई लखेटे जस्तै नेपालको सेना हतियार लिएर बिरेन्द्रको हत्या गर्यो । ज्ञानेन्द्रलाइ हत्यारो सेनाको घेराभित्रबाट प्रयोग गर्न खोजिदैछ । यो नेपाललाई नयाँ युक्रेन बनाउने योजनामा भारतको सहयोग रहेको विषयमा चीनियाहरु अनबीज्ञ नहोलान। अहिले चिनले सिमाना मिच्यो भन्नेहरू यिनै बिरेन्द्रको हत्या गर्न इन्डो/सिआइए मिसनका सिभिल सेनाहरु हुन चाहेती वालेन शाह हुन या अन्य। यसकारण चिनले जारी गरेको नयाँ नक्सा मजाग होईन ।
अमेरिकी कित्तामा बसेर नवनाजिवादी जेलेन्स्की मोडेलको राष्ट्रवाद अब धुजा धुजा भैसकेको छ । चिनको नयाँ नक्सा र त्यसको दीर्घकालीन प्रभाव हेर्ने हो भने नेपालले विशाल नेपाल फिर्ता गर्न असम्भव देखिदैन । लेखक अर्जुन ज्ञवाली राजनीतिक बिश्लेषक हुन ।