क्यानको बागमती प्रदेश अध्यक्षमा पूर्वकप्तान पारस खड्का निर्वाचित

काठमाडौं,१५ भदौ । नेपाल क्रिकेट संघ (क्यान)को बागमती प्रदेश अध्यक्षमा पारस खड्का निर्वाचित भएका छन् । आज भएको निर्वाचितमा अध्यक्षका अर्का प्रत्यासी उमेश पियालाई पराजित गर्दै खड्का निर्वाचित भएका हुन् ।

निर्वाचित खड्काले खसेको कूल ३७ मतमा २३ मत पाउँदा पराजित पियाले १४ मत मात्रै पाए । कार्यसमितिमा पनि खड्काको प्यानलनै निर्वाचित भएको छ । खड्का राष्ट्रिय टिमका पूर्प कप्ततानसमेत हुन् । उनले क्रिकेटको नेतृत्वमा आउनै लागि राष्ट्रिय टिमबाट सन्नयास लिएका थिए ।

६ जिल्ला मध्ये ४ जिल्ला र वर्तमान कार्यसमितिका ७ सदस्यले पारसलाई अध्यक्ष बनाउने सर्वसम्मितिसहित यसअघि नै पत्रकार सम्मेलन गरिसकेकाले उनको दाबेदारी बलियो मानिएको थियो ।

पत्रकार सम्मेलनमा चितवन र नुवाकोटलाई बाहिर राख्दै बाँकी चार जिल्लाले बाँकी पदमा भागभण्डा गर्ने यसअघि नै सार्वजनिक भएको थियो ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv