मन्त्री परिषदको निर्णय बिरुद्ध शंकर देवका बिद्यार्थी आन्दोलित
काठमान्डौ ६ माघ । शंकर देव क्याम्पसका विद्यार्थीले पुतलिसडकमा जाम गरेर आन्दोलन गरेका छन । क्याम्पसले प्रयोग गर्दै आएको जमल स्थित एक भवनलाई सरकारले प्रयोजन गर्न नदिने भए पछी विद्यार्थीहरु आन्दोलित भएका हुन ।
२०७२ को महाभुकम्प पछी शंकर देव क्याम्पसको एउटा भवन पढ्नै नसक्ने अवस्था भए पछी जमलमा रहेकाे त्रिभुवन विश्व बिद्यालयकाे भवनलाइ त्रिवि सँग समुन्वयन गरी सो भवनमा ३ वटा कक्षा संचालन गर्दै आएको तर आज मन्त्री परिषदले पुस्तकालयको नाममा नामसारी गरी उक्त पुस्तकालयले कुनै ब्यापारीक समुहलाई दिएको बिरोधमा आन्दोलनमा उत्रिएको एक विद्यार्थीले बताए । हेर्नुहोस् भिडियो :-