विश्व फोटोग्राफी दिवसका अवसरमा पाटन दरबार क्षेत्रमा फोटो प्रदर्शनी

ललितपुर,भदौ ३ । विश्व फोटोग्राफी दिवसका अवसरमा पाटन दरबार क्षेत्रमा फोटो प्रदर्शनी गरेको छ ।
एक सय ८५औं विश्व फोटोग्राफी दिवसका अवसरमा आज राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले पाटन दरबार क्षेत्रमा फोटो प्रदर्शनी आयोजना गरेको हो ।

‘जब हिमाल मुस्कुराउँछ’ नाराका साथ गरिएको फोटो प्रदर्शनीमा नेपालका फोटो पत्रकारहरुले विभिन्न समयमा कैद गरेका हिमशृङ्खलाका ५० भन्दा बढी तस्वीरहरु राखिएका छन् ।

प्रदर्शनीको उद्घाटन गर्नुहुँदै ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले यस्ता प्रदर्शनीले फोटोग्राफरहरुको क्षमता प्रस्फुटनमा ऊर्जा थप्ने बताए । ‘यो प्रदर्शनीले धेरै कुराहरूलाई सहयोग पु-याएको छ, प्रदर्शनीमा राखिएका तस्वीरमा हाम्रा हिमालहरुको प्राकृतिक महत्वलाई उजागर गरेको छ, हाम्रा हिमालको अहिलेको अवस्थालाई चित्रण गरेको छ, जलवायु परिवर्तनको असरका बारेमा हामीलाई सुसूचित गरेको छ, एउटा तस्वीरले हजार शब्दमा व्यक्त गर्न नसकिने तथ्यहरुलाई व्यक्त गर्छ भनिन्छ, यो प्रदर्शनी धेरै दृष्टिकोणबाट महत्व राख्ने खालको छ,’ उनले भने ।

प्राकृतिक मनोरम दृश्यले पर्यटकको आकर्षक बढाउने हुँदा यस्ता प्रदर्शनीले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उनको विश्वास छ । उनले जलवायु परिवर्तनको असरले हिमालमा परेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न काम गर्नुपर्ने सन्देश तस्वीर मार्फत् देखाएको बताए ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv